default_image

2 years ago

February 19, 2022

‘जितको श्रेय कुशल र दीपेन्द्रलाई जान्छ’ – कप्तान सन्दीप

190 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्सविरुद्ध जितको श्रेय ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीलाई जाने बताएका छन् ।

शनिबार नेपाललाई १ सय ३६ रनको फराकिलो जित दिलाउन कुशलले शतकीय, दीपेन्द्रले उत्कृष्ट ब्याटिङ र कीर्तिमानी साझेदारी गरेका थिए । खेलपछि कप्तान सन्दीपले जितको श्रेय दीपेन्द्र र कुशललाई जाने बताए । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो ।

कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए । कुशलले ५७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक बनाउन सफल भए । दीपेन्द्रले ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनको इनिङ खेले । तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ७१ रनको साझेदारी गरेका थिए । जुन नेपालको टि२० आईमा भएको सर्वाधिक ठूलो साझेदारी हो ।

‘टस जिते पनि मैले ब्याटिङ नै गर्न खोजेको थिए । रनरेटको जुन अन्तर हुन्छ । त्यसैले हामीले उनीहरुलाई एक सय भन्दा कम रोक्ने सोच थियो । सफल पनि भयौं । ब्याटिङ राम्रो थियो । आसिफ सस्तैमा आउट भयो । कुशल मल्लले पनि राम्रो गरेको थियो । दुर्भाग्य फिल्डरले राम्रो क्याच लिए । यसको श्रेय दीपेन्द्र र कुशललाई जान्छ’, सन्दीपले खेलपछि भने ।

त्यसैमा थपे, ‘किनभने त्यो एउटा राम्रो साझेदारी थियो । बलिङमा पनि राम्रै स्कोरमा रोकेको हो । अल आउट गर्न सकेको भए अझ राम्रो हुन्थ्यो, फिलिपिन्ससँग खेल्नु अघिको योजना बारे सन्दीपले भने । त्यसैमा थपे यो राम्रो जित हो । तर आगमी दिनमा रनरेट महत्वपूर्ण भूमिका खेल्नेछ । मलाई लाग्छ यो हाम्रो लागि प्लस प्वाइन्ट हो ।’

जितका लागि २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । नेपालले आजको खेलमा कुशल मल्ल र गुलशन झालाई मौका दिएको थियो । कमलसिंह ऐरी र विवेक यादवलाई विश्राम दिएको थियो ।

‘मलाई लाग्छ दुवैजना सिक्ने क्रममा हुनुन्छ । हामी टोलीले पनि धेरै सिक्न बाँकी छ । दुवैले आजको खेलमा राम्रो गरेको छ । वहाँबाट सिक्नुपर्ने धेरै कुराहरु छ’, सन्दीपले दुई खेलाडी परिवर्तन बारे भने ।

‘कुशल मात्र होईन दीपेन्द्रको पनि इनिङ राम्रो थियो । किनभने दुई विकेट छिट्ट गुम्नु र त्यसपछि त्यो खालको हामीले एउटा साझेदारी पाउनु भनेको यो उत्कृष्ट प्रदर्शन थियो’, सन्दीपले भने ।

नेपालले सुरुवाती दुबै खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै जित्यो । ओमानसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । ओमानलाई १७ ओभरमा ७८ रनमा अल आउट गर्दै ३९ रनले विजयी भएको थियो । सन्दीपले ब्याटिङ र बलिङ दुबै गर्न जुनसुकै अवस्थामा तयार रहनु पर्ने बताए ।

सन् २०१८ मा नेपालले डिभिजन २ को निर्णायक खेलमा क्यानडालाई एक विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो । त्यो समय सन्दीप र करण केसीले जादुमय प्रदर्शन गरेका थिए । क्यानडा त्यसपछि माथि आउन सकेको छैन । नेपाली क्रिकेट विकासमा त्यो क्षण टनिङ प्वाइन्ट मानिन्छ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । जुन खेल नेपालको लागि धेरै महत्वपूर्ण छ । सन्दीप हरेक खेल महत्त्वपूर्ण हुने बताउँछन् ।

‘हरेक खेल महत्त्वपूर्ण छन् । क्यानडाको टिम पनि ठिकै छ । मोमेन्टमलाई जारी राख्दै विश्वकप खेल्न चाहन्छौं । आउने खेलमा त्यो मोमेन्टलाई अगाडि बढाएर जाने छौं’, उनले भने ।

नेपालले सोमबार क्यानडालाई हराएको खण्डमा समूह बी को विजेताको रुपमा सेमिफाइनल खेल्नेछ । पराजित भएमा नेटरनेट र अरु टोलीको प्रदर्शनमा निर्भर छ । सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनलको सम्भावना देखिन्छ ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.