default_image

2 years ago

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

3162 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ खेले ।

यस्तै राईलि रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २-२ विकेट लिँदा एक विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो ।

त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो । रविचन्द्रण आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले समान १८ रन बनाए ।

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २-२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए ।

जित पश्चात यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ ।

आईपिएलमा बिहीबार हुने खेलमा सनराईजर्स हैदराबाद र गुजरात टाईटन्स भिड्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.