default_image

2 years ago

February 20, 2022

अष्ट्रेलियामाथि श्रीलंकाको जित, म्याक्सवेल सर्वोत्कृष्ट

एजेन्सी – श्रीलंकाले पाँचौं तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि२० आई सिरिज घरेलु टोली अष्ट्रेलियाले ४–१ ले जितेको छ । १ सय ५५ रनको विजयी लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । अन्तिम ओभरमा श्रीलंकालाई जितको लागि ९ रन चाहिँएको अवस्थामा […]

87 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले पाँचौं तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि२० आई सिरिज घरेलु टोली अष्ट्रेलियाले ४–१ ले जितेको छ ।

१ सय ५५ रनको विजयी लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । अन्तिम ओभरमा श्रीलंकालाई जितको लागि ९ रन चाहिँएको अवस्थामा तीव्र गतिका बलर केन रिचर्ड्सनलाई कप्तान दासुन शनकाले तेस्रो बलमा छक्का प्रहार गर्दै जित सहज बनाए ।
श्रीलंका विकेटकिपर कुशल मेन्डिस ५८ बलमा ५ चौका र १ छक्कासहित ६९ रनमा अविजित रहँदै जित पक्का गरे ।

कप्तान दासुन शनकाले ३१ बलमा २ छक्कासहित ३६ रन जोडे । चारिथ असलंका २० र पाथुम निसंका १३ रनमा आउट भए । अष्ट्रेलियाका केन रिचर्ड्सनले २ र एस्टन अगरले १ विकेट लिए ।

त्यसअघि मेलबन क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । अष्ट्रेलिया विकेटकिपर म्याथ्यु वेडले २७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए । आरोन फिन्च ८, जोश इंग्लिस २३ र ग्लेन म्यााक्सवेल २१ बलमा २ चौका र १ छक्कासहित २९ रनम आउट भए । मार्कस स्टोइनिस १७ र ड्यानियल साम्स १८ रनमा आउट भए ।

श्रीलंकाका तीव्र गतिका बलर लाहिरु कुमारा र दुश्मन्था चामिराले २–२ विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा २० रन, दोस्रो खेलमा सुपर ओभरमा, तेस्रो र चौथो खेलमा ६–६ विकेटले विजयी भएको थियो । सिरिजमा १ सय ३८ रन बनाउनुको साथै १ विकेट लिएका ग्लेन म्याक्सवेल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिए ।

अष्ट्रेलियाले अर्को महिना तीन ओडिआई, तीन टेस्ट र एक टि२० आईको लागि पाकिस्तान भ्रमण गर्नेछ । श्रीलंकाले तीन टि२० आई र दुई टेस्टको लागि भारत भ्रमण गर्नेछ । श्रीलंका र भारतबीचको पहिलो टेस्ट २४ फेब्रुअरीदेखि लखनऊमा सुरुहुनेछ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.