default_image

2 years ago

February 20, 2022

सूर्य र वेंकटेशको उच्च प्रदर्शनमा भारतको क्लिनस्विप

एजेन्सी – मध्यक्रमका ब्याटर सूर्यकुमार यादव र अलराउन्डर वेंकटेश ऐरको उत्कृष्ट प्रदर्शनमा भारतले वेस्टइन्डिजसँगको तीन टि२० आई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतले वेस्टइन्डिजलाई १७ रनले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो । १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय […]

124 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर सूर्यकुमार यादव र अलराउन्डर वेंकटेश ऐरको उत्कृष्ट प्रदर्शनमा भारतले वेस्टइन्डिजसँगको तीन टि२० आई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतले वेस्टइन्डिजलाई १७ रनले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो ।


१ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरनले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । रोभम्यान पावेल १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए ।

रोमारियो शेफर्डले २१ बलमा १ चौका र २ छक्कासहित २९ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका हर्षल पटेलले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर, वेंकटेश ऐर र दीपक चाहरले २–२ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।भारतका सूर्यकुमार यादवले ३१ बलमा १ चौका र ७ छक्कासहित ६५ रनको आक्रामक इनिङ खेले । वेंकटेश ऐरले १९ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहे ।

छैटौं विकेटका लागि ऐर र सूर्यले ३७ बलमा ९१ रनको उत्कृष्ट साझेदारी गरेका थिए । ओपनर ऋतुराज गायकवाड ४, श्रेयस ऐर २५ र रोहित शर्मा ७ रनमा आउट भए । ईशान किशन ३१ बलमा ५ चौकासहित ३४ रनमा आउट भए ।

वेस्टइन्डिजका जेसन होल्डर, रोमारियो शेफर्ड, रोश्टन चेश, हेडेन वाल्श जुनियर र डोमेनिक ड्रक्सले १–१ विकेट लिए । भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८ रनले विजयी भएको थियो ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.