2 years ago
May 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ ।
१ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० रन जोडे । श्रेयज श्रेष्ठले २५ र आरुश राजभण्डारीले ९ रन बनाए । सैनिकका लागि शुभ विष्टले ३ तथा अनिल धामी र सम्देश बुढाथोकीले समान १ विकेट लिए ।
त्यसअघि सैनिकले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षेति १ सय ९८ रन बनायो । टोलीकका लागि राजदीप आचार्यले अर्धशतक बनाए । ६५ बलमा राजदीपकले ८३ रन बनाए । अलिम धामीले रोजाल खड्काले २१ रन जोडे ।
संस्कृतीका श्रेयश अग्रवालले २, अर्जुन श्रदा र स्पर्श सरवगीलले समान १ विकेट लिए । सैनिका राजदीप प्येलर अफ दी म्याच बने । प्रतियोगिता काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]