default_image

2 years ago

February 21, 2022

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए आफ्नो समूह चरणको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा सुरु हुनेछ । नेपाल क्यानडालाई हराउँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । क्यानडा पनि नेपाललाई हराउँदै टि२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान […]

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए आफ्नो समूह चरणको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा सुरु हुनेछ । नेपाल क्यानडालाई हराउँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । क्यानडा पनि नेपाललाई हराउँदै टि२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान पक्का गर्ने सोचमा छ ।

नेपाल आजको खेलमा ३७ रन भन्दा कमले पराजित भएको खण्डमा सेमिफाइनलमा पुग्न सक्ने समिकरण छ । नेपालले कमजोर फिलिपिन्सविरुद्ध टोलीमा दुई परिवर्तन गरेको थियो । नेपालले क्यानडाविरुद्ध टोलीमा एक परिवर्तन गर्ने पक्का छ । फिलिपिन्सविरुद्ध विश्राम दिएका तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा फर्किनेछन् । उनको स्थानमा डेब्यू खेल खेलेका तीव्र गतिका बलर गुलशन झा बेन्चमा बस्नेछन् । गुलशनले फिलिपिन्सविरुद्ध ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए । नेपालले कमजोर फिलिपिन्सविरुद्ध गुलशनलाई खेल्ने मौका दिएको थियो ।

विवेक यादवको स्थानमा कुशल मल्ल खेलेका थिए । कुशलले नै आजको खेलमा निरन्तरता पाउने सम्भावना छ । कुशल मध्यक्रममा बायाँ हाते एक्लो ब्याटर हुनेछन् । पछिल्लो समय कुशल ठूलो इनिङ खेल्न सकिरहेका छैनन् । तर टोलीले उनलाई थप विश्वास देखाउने अनुमान गरिएको छ । कुशल फिलिपिन्सविरुद्ध १० बलमा १२ रन बनाउनुको साथै ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए ।

कुशल टोलीमा बायाँ हाते बलरको विकल्पमा पनि रहने छन् । अर्कोतर्फ नेपालले स्पिनरमा सन्दीप लामिछानेलाई मात्र खेलाएको छ । दोस्रो स्पिनरको रुपमा दीपेन्द्रसिंह ऐरी रहँदै आएका छन् । दीपेन्द्रले राम्रो प्रदर्शन पनि गरेका छन् । तेस्रो विकल्पमा कुशल हुनसक्छन् । तीव्र गतिका बलरमा चौथो विकल्पमा आरिफ शेख रहँदै आएका छन् । विवेकलाई खेलाउँदा पाँचौं विकल्प हुनेछन् । तर स्पिन आक्रामण कमजोर हुनेछ । त्यसैले कुशलले मौका पाउने सम्भावना छ । टोलीमा अन्य परिवर्तनको भने सम्भावना छैन ।

ओपनिङ कुशल र आसिफले गर्नेछन् । फिलिपिन्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका कुशलको मनोबल उच्च छ । आसिफ केहि दबाबमा हुनेछन् । उनी फिलिपिन्सविरुद्ध गोल्डेन डक आउट भएका थिए । तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल र चौथो नम्बरमा दीपेन्द्र हुनेछन् । दीपेन्द्रले ओमान भ्रमणमा उत्कृट प्रदर्शन गरिरहेका छन् । फिलिपिन्सविरुद्ध ४७ बलमा ८३ रन जोडेका थिए ।

उनले कुशलसँग तेस्रो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए । दीपेन्द्रको प्रदर्शनले नेपालको मध्यक्रम ब्याटिङमा बढी भर पर्नेछ । पावर प्लेमा नेपालले आक्रामक सुरुवात गर्न सकेको छैन । नेपाललाई आक्रामक सुरुवात र डट बलमा कमी गर्न आवश्यक देखिन्छ । आरिफ शेख, कुशल मल्ल, लोकेश बम तल्लोक्रममा रहनेछन् ।

लोकेश र कुशलबाट नेपाल उत्कृष्ट अन्त्य चाहन्छ । तीव्र गतिका बलरमा कमलसिंह ऐरी, अभिनाश बोहरा र जितेन्द्र मुखिया हुनेछन् । ओमान एकेडेमी–२ मा तीव्र गतिका बलरलाई बढी सहयोग मिल्दै आएको छ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.