default_image

2 years ago

February 24, 2022

ओमानमाथि नेपाल पूर्णरुपमा हाबी

76 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि जारी प्रतिस्पर्धामा ओमानमाथि पूर्ण रुपमा हाबी बनेको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले १२ ओभरमा ५ विकेट गुमाउँदै ४३ रन बनाएको छ । ओमानका अयान खान ९ र सन्दीप गौड शून्यमा क्रिजमा छन् ।

दोस्रो ओभरको दोस्रो बलमा कश्यापसँग तालमेल नमिल्दा ओपनर जतिन्दर सिंह दुई रनमा रन आउट भए । कमलसिंह ऐरीको तेस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका शोएब खान तीन रनमा सन्दीप लामिछानेबाट क्याच आउट भए । अभिनाश बोहराको पाँचौं ओभरको चौथो बलमा कश्याप प्रजापति सन्दीप लामिछानेबाट पाँच रनमा आउट भए ।

सन्दीपले मोहम्मद नदिमलाई १ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच गराए । जिशान मकसुदलाई आरिफ शेखले दीपेन्द्रबाट २१ रनमा क्याच गराउँदै ओमानलाई ११.५ ओभरमा ४२–५ को कमजोर अवस्थामा पुर्याए । मकसुदले २८ बलमा ३ चौका प्रहार गरे ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.