default_image

2 years ago

February 28, 2022

एपिएफ ललितपुर मेयर कपको च्याम्पियन

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपिएफले सोमबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो ।

१ सय १४ रनको विजयी लक्ष्य एपिएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४४ बलमा ५ चौकासहित सर्वाधिक ४३ रन बनाइन् ।

पहिलो विकेटका लागि कप्तान सिता रानामगर र ज्योतिले ७.१ ओभरमा ५८ रनको उत्कृष्ट साझेदारीका साथ जित सहज जिततर्फ अघि बढाए । एपिएफले स्पिनर डली भट्टको छैटौं ओभरमा १९ रन जोडेको थियो । सिता स्पिनर लक्ष्मी साउदको बलमा विकेटकिपर शोभा रोकायाबाट १९ रनमा स्टम्पिङ आउट भइन् ।


सिताले २२ बलमा ३ चौका प्रहार गरिन् । इन्दु बर्मा २४ बलमा २ चौका र १ छक्कासहित २९ रनमा अविजित रहिन् । रोमा थापा ५ रनमा अविजित रहिन् । सुदूरकी लक्ष्मी साउँद र सम्झना खड्काले १–१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । सुदूरकी बायाँ हाते ओपनर विन्दु रावलले ३६ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोड्दै क्याच आउट भइन् । डली भट्ट २५ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा रन आउट भइन् ।

पहिलो विकेटको लागि ओपनर रवती धामी र विन्दु रावलले ११ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । धामी ३१ बलमा १० रन बनाउँदै करुणा भण्डारीबाट रन आउट भइन् । मध्य गतिकी बलर सुष्मा श्रेष्ठको बलमा विन्दु एज लागेर राजमती ऐरीबाट क्याच हुन पुगिन् ।

तेस्रो विकेटका लागि डली भट्ट र कविता कुँवरले ५२ रनको साझेदारी गरेका थिए । कविता कुँवर २५ बलमा २४ रनमा अविजित रहिन् । एपिएफकी सुष्मा श्रेष्ठले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । अन्य बलरले विकेट लिन सकेनन् ।

एपिएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । विजेता एपिएफले दुई लाख र उप विजेता सुदूरपश्चिमले एक लाख पाउनेछन् । गतवर्ष एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.