default_image

2 years ago

May 18, 2024

‘सन्न्यासपछिको योजना खेल जीवनमै बनाउन सके उत्तम’

542 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सौख, जोशबाट सुरु हुने खेलाडीको जीवन व्यवसायिकता हुँदै सन्न्याससम्म पुग्छ । तर, धेरैले सक्रिय जीवनमा सन्न्यासपछि के गर्ने भन्ने सोचेका हुँदैनन् । यद्दपी कतिपय खेलाडीले सन्न्यासपछि के गर्ने भन्ने योजना बनाइसकेका हुन्छन् । सन्न्यासपछि खेल गर्ने भन्ने लक्ष्य निर्धारण गर्ने सके त्यसले सन्न्यासपछिको जीवन सहज हुने खेलाडीहरुको विश्वास छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजना तथा माइस इन्टरनेसनल प्रालिको सहजीकरणमा शुक्रबार भएको नेपाल स्पोर्टस् कन्क्लेभ अन्तर्गत प्यासन टु प्रोफेसन सत्रमा बोल्दै खेलाडीहरुले आ आफ्नो अनुभव सुनाएका छन् ।

काठमाडौको भृकुटीमण्डपमा भएको नेपाल स्पोर्टस् कन्क्लेभमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल ए टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल, फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा, १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र राष्ट्रिय भलिबल टोलीकी महत्वप्रर्ण सदस्य प्रतिभा मालीले आफ्नो बिचार साटे ।

उनीहरुले आ आफ्नो खेल जिवनको सुरुवात, लामो अनुभव र भविष्यका बारेमा खुलेर विचार राखेका थिए । सन्तोषीले खेलाडीले अहिले उपाधि जित्दा मात्र पुरस्कृत गर्ने चलन केही राम्रो भएपनि भविष्यका लागि हानिकारण हुने बताईन् । खेलाडीले जित्छ र त्यसपछि पुरस्कार दिन्छु भन्दा पनि खेलाडीलाई जिताउने कसरी बनाउने भन्ने प्रक्रियामा लगानी गर्नुपर्नेमा जोड दिइन् ।
उनले पुरस्कार घोषणासँगै क्रेडिट लिएर चर्चामा आउनु भन्दा खेलाडीमाथि लगानी बढाउन आवश्यक रहेको औल्याइन् । खेलाडी सक्षम हुन अत्यावश्यक रहेकोमा जोडी दिदै त्यस्तो हुन नसकेका खेलाडीको पक्षमा कोही नहुने बताइन् ।

विक्रमले आफुभन्दा अग्रजलाई देखेर खेलमा आकर्षित भएको र पछि देशका लागि फुटबल खेल्ने सपनालाई लिएर अघि बढेको सुनाए । उनले अन्तराष्ट्रिय खेलाडीको उदाहरण दिदै खेल जीवनपछि को गन्तव्यका बारेमा सक्रिय खेल जिवनमा नै सोच्नुपर्ने बताए । खेल जिवनपछि भविष्यको बारेमा सोध्दा चुनौतीपुर्ण हुने उल्लेख गर्दै उनले भने, ‘त्यसका लागि सम्बन्धित संघले खेल जिवनपछिको बारेमा पनि कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।’ विक्रमले खेल जीवनमा हुँदै आफू व्यवस्थापनमा जाने सोच बनाएको पनि सुनाए ।

ज्ञानेन्द्रले पनि खेल जिवनमा रहँदा नै क्रिकेट एकेडेमी सुरु गरेका थिए । उनले खेलले बीचमै अध्ययनलाई रोकेमा पछुतो लागेको र अहिले पुनः अध्ययनल अघि बढाएको उल्लेख गर्दै भने, ‘पढ्न कहिल्यै ढिलाई हुँदैन । मैले त्यसले सुरु गरे ।’ नेपाल पहिलो पटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपमा पुगेपछि कर्पोरेट र सरकारले सहयोग गर्न थालेको स्मरण गर्दै खेललाई उपलब्धिसँग मात्र तुलना गर्दा समस्या हुने बताए ।

प्रतिभाले खेलाडीका लागि खेल जिवन सहज नभएको बताईन्। आफुलाई खेलले आफ्नो परिचय दिएको र सोचेको भन्दा आफूले धेरै पाएको भन्दै आउने पुस्तालाई कसरी धेरै दिन सक्छौँ भनेर सोच्न थालेको बताइन् । बारम्बार घाइते भएकाले समयअघि नै रिटायर्ट लिनुपर्ने हो की भन्ने चिन्ताले सताउन थालेको उनको चिन्ता थियो । खेलाडीबाट पदकको अपेक्षा गर्नका लागि स्तरीय प्र्रशिक्षण आवश्यक रहेकोमा उनले जोड दिइन् । कार्यक्रमलाई हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनाले सहजीकरण गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.