4 years ago
April 15, 2022
एजेन्सी – भारतीय तथा चेन्नई सुपर किंग्सका तीव्र गतिका बलर दीपक चाहरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ गुमाउने भएका छन् । चाहर ब्याक इन्जुरीको कारण आइपिएल पुरै गुमाउने भएका छन् । चाहर चोटका कारण चेन्नईको टोलीमा भने उपलब्ध थिएनन् ।

चेन्नईले दुई महिना अघि अक्सनमा चाहरलाई १४ करोड भारु (झन्डै २३ करोड नेपाली रुपैयाँ ) खर्चेको थियो । जुन कुनैपनि भारतीय तीव्र गतिका बलरले अक्सनमा पाएको सर्वाधिक मूल्य हो ।
चाहरलाई २०१६ को अक्सनमा राइजिङ पुणे सुपर जायन्टले १० लाख न्यूनतम मूल्यमा किनेको थियो । २०१८ को मेगा अक्सनमा चेन्नईले ८० लाख भारुमा किनेको थियो ।

दीकपकले चेन्नईमा यसअघि ८० लाख मात्र मूल्य पाउँदै आएका थिए । यस सिजनमा फुकुवा गरेपनि उनले २ करोड न्यूनतम मूल्य राखेका थिए । सुरुमा दिल्ली र हैदराबादबीच कडा प्रतिस्पर्धा भएको थियो । तर ११ करोडपछि चेन्नईले पनि रुचि देखाउँदै १४ करोडमा भित्र्याएको थियो ।
दीपकले गत जुलाईमा श्रीलंकासँग दोसो ओडिआई खेल जिताउन ६९ रन बनाउनुको साथै २ विकेट लिएका थिए । अघिल्लो महिना दक्षिण अफ्रिकासँग ५४ र केहि दिनअघि वेस्टइन्डिजसँग ३८ रन बनाएपछि सबै फ्रेन्चाइज टोलीले नजर लगाएका थिए ।

चेन्नईमा तीव्र गतिका बलरमा क्रिस जोर्डन, मुकेश चौधरी, एडम मिल्ने, ड्वेन प्रिटोरियस, ड्वेन ब्राभो जस्ता बलर छन् । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । चेन्नई सुरुवाती चार खेलमा लगातार पराजित भएको थियो । चेन्नई कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्ससँग ६–६ विकेटले पराजित भएको थियो ।
पन्जाब किंग्ससँग ५४ रन र सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको थियो । रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हराउँदै पहिलो जित निकालेको थियो । चेन्नईले अव आइतबार गुजरात टाइटन्ससँग खेल्नेछ । महेन्द्र सिंह धोनीले कप्तानी छाडेपछि रविन्द्र जडेजाले यस सिजनमा नेतृत्व सम्हाल्लेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]