4 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा घोषणा टोलीमा प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र करण केसीसहित ७ खेलाडीले पूनरागमन गरेका छन् ।

विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ । नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझै त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपाल शनिबार श्रीलंका जानेछ । श्रीलंकामा नेपालले चार अभ्यास खेल खेल्नेछ । प्रथम श्रेणीका खेलाडी सम्मिलित टोलीसँग पनि अभ्यास गर्नेछ । १४ मार्चमा नेपाल युएई पुग्नेछ । नेपालले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको थियो । बन्द प्रशिक्षणबाट चार खेलाडी बाहिरिएका हुन् । बाहिरिएका चार खेलाडी र उनीहरु बाहिरिनुको कारण यस प्रकार छ ।
१.राजु रिजाल

विकेटकिपर राजु रिजाल बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । नेपालले युएई भ्रमणको लागि दुई विकेटकिपर टोलीमा राखेको छ । नियमित विकेटकिपर विनोद भण्डारी टोलीमा फर्किएका छन् । आसिफ शेख पहिलो रोजाईका ओपनर हुन् । उनी विकेटकिपरका पनि विकल्प पनि हुन् । जसको कारण राजु रिजाल बाहिरिएका हुन् ।
टोलीमा दुई विकेटकिपर हुँदा राजुको स्थान बन्न सकेन । विकेटकिपर बाहेक अन्य भूमिकामा उनको स्थान थिएन । २०१६ को नेदरल्यान्ड्स भ्रमणपछि उनी टोलीमा छैनन् ।
२. सुशान भारी

स्पिनर सुशान भारी टोलीबाट बाहिरिएका छन् । टोलीमा दुई स्पिनर सागर ढकाल र सन्दीप लामिछाने छन् । दीपेन्द्रसिंह ऐरी र पवन सरार्फ पार्टटाइम स्पिनर हुन् । त्यसैको कारण नेपालले टोलीमा दुई मात्र स्पिनर राख्ने निर्णय लिएको हो ।
सुशानलाई राख्दा एउटा ब्याटर बेन्चमा राख्नुपर्ने हुन्छ । अर्कोतर्फ सुशानको पछिल्लो समय लय पनि राम्रो छैन । टि२० विश्वकप छनोटमा पनि उनी टोलीमा थिएनन् ।
३. अनिल कुमार शाह

युवा विकेटकिपर अनिल शाह पनि बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । विकेटकिपरको रुपमा विनोद र आसिफ छन् । अनिल मध्यक्रम र ओपनिङ ब्याटिङ गर्ने गर्दछन् । तर ओपनरमा आसिफ र कुशल भुर्तेल छन् । मध्यक्रममा रोहित कुमार पौडेल, भीम सार्की, आरिफ शेख जस्ता खेलाडी हुँदा उनी पर्न नसकेका हुन् ।
४. गुलशन झा

तीव्र गतिका बलर गुलशन झा टोलीमा छैनन् । प्रमुख बलर सोमपाल कामी र करण केसी टोलीमा फर्केपछि बाहिरिनु परेको हो । उनी करण केसी घाइते भएपछि अघिल्लो महिना टि२० विश्वकप खेल्न ओमान गएका थिए ।
गुलशनको घरेलु क्रिकेटमा र सिनियर टोलीमा प्रदर्शन भने राम्रो छैन । प्रमुख बलर करण र सोमपाल फर्कदा उनको स्थान बन्न सकेन । नेपालले करण, सोमपाल, विक्रम र कमलसिंह ऐरीलाई चार तीव्र गतिका बलर टोलीमा राखेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]