default_image

2 years ago

March 6, 2022

पाकिस्तानविरुद्ध अष्ट्रेलियाको सानदार ब्याटिङ

60 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले पाकिस्तानसँगको पहिलो टेस्ट खेलको पहिलो इनिङमा सानदार ब्याटिङ गरेको छ । तेस्रो दिनको समाप्तिमा अष्ट्रेलिया ७३ ओभरमा२७१–२ को बलियो अवस्थामा छ । अष्ट्रेलिया अझैं पहिलो इनिङमा २ सय ५ रनले पछि परेको छ ।

अष्ट्रेलिया युवा ब्याटर मार्नस लाबुसेन १ सय १७ बलमा ९ चौकासहित ६९ रनमा अविजित छन् । स्टिभ स्मिथ ५५ बलमा ३ चौकासहित २४ रनमा अविजित छन् । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले ६८ रनको साझेदारी गरेका छन् ।

पहिलो विकेटका लागि ओपनर उस्मान खवाजा र डेविड वार्नरले ४०.४ ओभरमा १ सय ५६ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । वार्नर स्पिनर सजिद खानको बलमा ६८ रनमा बोल्ड आउट भए । वार्नरले १ सय १४ बलमा १२ चौका प्रहार गरे । अर्का ओपनर खवाजा जन्मथलोविरुद्ध शतक बनाउन मात्र तीन रनले चुकेका थिए ।

स्पिनर नौमान अलीको बलमा स्विप सट खेल्नेक्रममा गल्भ्समा लागेर इमाम उल हकबाट ९७ रनमा क्याच आउट भए । उनले १ सय ५९ बलमा १५ चौका प्रहार गरे । पाकिस्तानले रिभ्यु लिँदै खवाजालाई आउट गरेको थियो ।

त्यसअघि घरेलु मैदान रावलपिन्डीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङमा १ सय ६२ ओभरमा ४७६(४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । पाकिस्तानका अजहर अलीले ३ सय ६१ बलमा १५ चौका र ३ छक्का सहित १ सय ८५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको १९ औं शतक हो । मार्नस लाबुसेनको बलमा क्यामरन ग्रिनबाट क्याच भएपछि दोहोरो शतक बनाउन १५ रनले चुकेका थिए ।

ओपनर इमाम उल हकले ३ सय ५८ बलमा १६ चौका र २ छक्कासहित १ सय ५७ रनको उत्कृष्ट शतकीय इनिङ खेले । यो उनको टेस्ट करिअरको पहिलो शतक हो । उनी कप्तान प्याट कमिन्सको बलमा एलबीडब्लू आउट भए ।

दोस्रो विकेटका लागि अजहर अली र इमाम उल हकले २ सय ८ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि बाबर आजम र अजहरले १ सय १ रनको शतकीय साझेदारी गरेका थिए । बाबर ८२ बलमा ३ चौकासहित ३६ रनमा आउट भए ।

पहिलो विकेटका लागि सफिक र हकले ३४ ओभरमा १ सय ५ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ सुरुवात दिलाए । सफिक १ सय ५ बलमा ३ चौका र १ छक्कासहित ४४ रनमा आउट भए । मोहम्मद रिजवान २९ र इफ्तिखर अहमद १३ रनमा अविजित रहे ।

May 28, 2024

नेपाल क्यानाडासँग पराजित

ड्यालस (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकपको वार्म अप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग पराजित भएको छ । ड्यालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिन पुग्यो । […]

May 27, 2024

नेपाललाई क्यानाडाविरुद्ध बलियो लक्ष्य

ड्यालास (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले क्यानाडाविरुद्ध बलियो लक्ष्य पाएको छ । ग्रान्ड प्रेरि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ । अन्तिम केही ओभरमा नेपाली बलर महंगो सावित हुँदा क्यानाडाले बलियो योगफल खडा गरेको […]

May 27, 2024

दीपेन्द्रसहित ग्रेसको विश्वकप गीत सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ब्राण्ड एम्बेसडर रहेको ग्रेस इन्टरनेसनलले यसै साता सुरु हुने आइसीसी मेन्स टि२० विश्वकपको लागि विश्वकप विशेष गीत सार्वजनिक गरेको छ । एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीको हौसला बढाउन तथा समर्थकहरुमा उत्साह थप्न गित सार्वजनिक गरिएको हो । विश्वभरका क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा गइरहँदा नेपालका […]

Success

Thank you for your time.