default_image

2 years ago

March 7, 2022

नेपालको कमजोर ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका स्थानीय टोली श्रीलंका नेभीविरुद्ध कमजोर ब्याटिङ गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालले एक सय रन बनाउन नपाउँदै आफ्ना प्रमुख चार ब्याटर गुमाएपछि समस्यामा परेको छ । नेपालले ओपनर कुशल भुर्तेललाई १३ र अनुभवी […]

145 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका स्थानीय टोली श्रीलंका नेभीविरुद्ध कमजोर ब्याटिङ गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

नेपालले एक सय रन बनाउन नपाउँदै आफ्ना प्रमुख चार ब्याटर गुमाएपछि समस्यामा परेको छ । नेपालले ओपनर कुशल भुर्तेललाई १३ र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ललाई २ रनमा गुमाएको थियो । युवा ओपनर आसिफ शेख भने ३६ रनमा आउट भए । रोहित कुमार पौडेल १३ रन आउट भएपछि नेपाल दबाबमा परेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी छन् ।

युएईमा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, विनोद भण्डारी, बिक्रम सोब, सागर ढकाल र रोहित कुमार पौडेल ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.