9 years ago
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा सहभागी ६ टोली मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर रहँदै आएको छ । नेपालको बलिङ ठिक ठाककै भएपनि ब्याटिङ सबैभन्दा कमजोर रहँदै आयो ।
कुनै पनि खेलमा नेपाली टोली लामो समय टिक्न सकेन । थाइल्यान्डसँग बनाएको ६३ रननै टोलीले पछिल्ला ४ खेलमा बनाएको सबैभन्दा बढी योगफल हो । अघिल्ला ४ खेलमा निराशाजनक प्रदर्शन गरेको नेपालले अन्तिम खेल शुक्रबार साविक विजेता भारतविरुद्ध खेल्दैछ । भारत त्यो टोली हो जसले अन्तिम खेल अघि नै एसिया कपको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताबाट बाहिरी सकेको नेपालले सहभागी मध्ये सबैभन्दा सफल टोलीसँग प्रतिस्पर्धा गर्दा झनै बढी दबाब खेप्नु पर्ने छ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित नेपाल श्रीलंका ८ विकेटले पराजित भएको थियो । त्यस्तै अन्य दुई खेलमध्ये नेपालले बंगलादेशसँग ९२ रन र बिहीबार थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो । टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध नेपालको प्रदर्शन कमजोर प्रदर्शन रहने अपेक्षित नै थियो । तर बराबर स्तरको मानिएको थाइल्यान्डविरुद्ध पनि ६३ रनमा अलआउट हुनुले नेपाली टोलीको कमजोरी प्रष्ट देखिएको छ । भारतसँग जति लामो समय मैदानमा टिक्न सक्छ, त्यसैले नेपालको यात्रालाई थोरै मात्र भएपनि सुखद बनाउन सक्ला, अन्यथा एसिया कपमा नेपालको यात्रा बिर्सनलायक हुनेछ ।
राउन्ड रोविनपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ । सबै ४ खेल जितेको भारतको ८ अंक छ भने दोस्रो स्थानको पाकिस्तानको ६ अंक । समान ४ अंक भएका श्रीलंका तेस्रो र बंगलादेश चौथो स्थानमा छ । थाइल्यान्डको २ अंक छ भने नेपाल अंक बिहिन छ ।
| TEAMS | M | W | L | Pts | NRR |
| India* | 4 | 4 | 0 | 8 | +2.16 |
| Pakistan | 4 | 3 | 1 | 6 | +1.42 |
| Sri Lanka | 4 | 2 | 2 | 4 | +1.18 |
| Bangladesh | 4 | 2 | 2 | 4 | +0.31 |
| Thailand | 4 | 1 | 3 | 2 | -1.74 |
| Nepal | 4 | 0 | 4 | 0 | -3.17 |
* India have qualified for Sunday’s final
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]