default_image

4 years ago

March 15, 2022

नेपाल विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने टोली

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको रोडम्याप आइसिसी विश्वकप लिग–२ मा सबैभन्दा कम खेल्ने टोली हो । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ मा तीन वर्षको अवधिमा नेपालले ८ खेल खेलेको छ ।

कोरोना महामारीको कारण आइसिसीले विश्वकप लिग–२ को अवधि एक वर्षलाई थप्दै २०२३ सम्मलाई पुर्याएको छ । नेपालले २०२३ सम्म कुल ३६ ओडिआई खेल्नु पर्ने हुन्छ । ७ टोली सहभागी विश्वकप लिग–२ मा कुल १ सय २६ ओडिआई मध्य ६६ खेल सकिएका छन् । शीर्ष तीन टोलीले ग्लोबल छनोटमा सिधैं स्थान बनाउने छन् ।

नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ छैटौं स्थानमा छ । विश्वकप लिग–२ मा सर्वाधिक खेल ओमानले खेलेको छ । ओमानले ३६ मध्य २८ खेलि सकेको छ । ओमान २८ खेलमा १७ मा जित र ९ मा हार सहित ३६ अंकका साथ शीर्ष स्थानमा छ । एउटा त्रिकोणात्मक सिरिजमा तीन टोली हुन्छन् । एक सिरिजमा सबै टोलीले एक अर्कासँग दुई दुई खेल खेल्नु पर्ने हुन्छ । एउटा त्रिकोणात्मक सिरिजमा एक टोलीले कुल चार खेल खेल्छ ।

नेपालले खेलेका नेपालले ओमान र अमेरिकासँग ४–४ खेल खेलेको हो । अमेरिकासँग ४ मध्य ३ खेलमा विजयी भएको छ । ओमानसँग ४ मध्य १ खेलमा मात्र जित हात पारेको छ । नेपालले विश्वकप लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज २०२० को फेब्रुअरीमा घरेलु मैदान टियुमा अमेरिका र ओमानसँग खेलेको थियो ।

६ महिना अघि यी दुवै टोलीसँग ओमानमा गएर खेलेको थियो । कोरोना महामारीको कारण लगातार त्रिकोणात्मक सिरिज स्थगित हुँदा नेपालले कम खेल खेलेको हो । त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) को काम गर्ने सुस्तता शैली र आइसिसीमा बढी निर्भर हुनु कम खेल्नुको कारण हुन् ।
ओमानपछि सर्वाधिक धेरै खेल अमेरिकाले खेलेको छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित पाँचौं स्थानमा छ ।

युएई र नामिबियाले १४–१४ खेल खेलेका छन् । युएई ७ मा जित र ५ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया समान ७ मा जित र हार सहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलमा ७ मा जित र ३ मा हार बेहोरेको छ । नेपालले विश्वकप लिग २ अन्तर्गत युएई र पपुवा न्युगिनीसँग खेल्ने दुबई पुगेको छ । नेपालले पहिलो खेल बुधबार पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ ।

विश्वकप लिग-२ बारे स्पष्ट जानकारी

विश्वकप लिग २ आइसिसी एकदिवसिय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् ।

जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बी बाट आउने शीर्ष दुई टोली गरि ६ टोलीबीच प्रतिस्पर्धा गर्ने छन् । प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउने छन् ।

ग्लोबल छनोटमा १० टोली हुने छन् । आइसिसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ टोली छन् । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भई सकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्ने छन् ।

सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग-२ का शीर्ष तीन टोली र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.