default_image

2 years ago

March 16, 2022

आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहितकुमार पौडेल र आरिफ शेख नेपालबाट ओडिआई क्रिकेटमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् ।


आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध रोहित र आरिफले पाँचौं विकेटका लागि १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । ओडिआईमा नेपालबाट पहिलो पटक शतकीय साझेदारी भएको हो ।

२ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७.२ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको छ । रोहित कुमार पौडेल ८५ बलमा ४ चौकासहित ५८ रनमा क्याच आउट भए । रोहितको यो ओडिआई करिअरको चौथो अर्धशतक हो । यसअघि ओडिआईमा सर्वाधिक ठूलो साझेदारी आसिफ शेख र ज्ञानेन्द्र मल्लले गत असोजमा ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए ।

नेपालबाट ओडिआईमा रोहित र ज्ञानेन्द्रले मात्र ४–४ अर्धशतक प्रहार गरेका छन् । आरिफ शेख ६६ बलमा २ चौकासहित ४६ रनमा खेलेका छन् । क्रिजमा विनोद भण्डारी छन् ।

नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । भुर्तेललाई एलि नाओले डोगोडो बाउबाट क्याच गराए । तेस्रो ओभरको चौथो बलमा नर्मन भानुआले ज्ञानेन्द्र मल्ललाई ४ रनमा एलबीडब्लू आउट गरे । नेपालका मध्यक्रमका प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरीलाई राइली हेकुरेले ८ रनमा क्याच गराएपछि नेपाल २४–३ को अवस्थामा पुगेको थियो ।

असाद भालाको १५ औं ओभरको अन्तिम बलमा आसिफ शेख अघि बढेर सट खेल्नेक्रममा १६ रनमा स्टम्पिङ आउट भए । उनले ४० बलमा १ चौका प्रहार गरे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए । चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रनमा सोमपाल कामीको बलमा बोल्ड भए ।

एक समय २४.४ ओभरमा ९१-४ को कमजोर अवस्थामा पुगेको पपुवा न्युगिनीलाई पाँचौं विकेटका लागि अमिनी र चाद सोपरले ७५ रनको महत्वपूर्ण साझेदरी गरेका थिए । तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.