3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टि२० क्रिकेट (टि२० आई) मा विश्व कीर्तिमान बराबर गरेका छन् । कुशल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत सोमबार पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध २० रनमा आउट भएका थिए । सुरुवाती २ रन जोड्दा कुशलले १२ टि२० आई इनिङमा करिअरको ५ सय रन पूरा गरेका थिए ।
कुशलले टि२० आईमा सर्वाधिक छिटो ५ सय रन पूरा गर्ने कीर्तिमान बराबर गरेका हुन् । कुशलले इंग्ल्यान्डका बायाँ हाते स्टार ब्याटर डेविड मलान र अफगानिस्तानका युवा स्टार हज्रतुल्लाह जजाईसँगको विश्व कीर्तिमान बराबर गरेका हुन् । कुशल अघि टि२० आईमा मलान र जजाईले पनि सुरुवाती १२ इनिङमा ५ सय रन पूरा गरेका थिए ।
भारतीय ओपनर लोकेश राहुल, विराट कोहली, रोहित शर्मा, वेस्टइन्डिजका क्रिस गेल, पाकिस्तानका बाबर आजम, अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र आरोन फिन्च जस्ता विश्व चर्चित खेलाडीले हात पार्न नसकेको उपलब्धी कुशलले पारेका हुन् । राहुलले १३ इनिङमा पूरा गरेका थिए । उनी सबैभन्दा छिटो ५ सय रन पूरा गर्ने खेलाडी सुचिमा दोस्रो स्थानमा छन् ।
विराट कोहलीले १६, युवराजसिंहले १७ इनिङमा उक्त आँकडा पूरा गरेका थिए । बाबर र अष्ट्रेलिया कप्तान अरोन फिन्चले १५–१५ इनिङमा यस सफलता हात पारेका थिए । अन्य खेलाडी भने पछि छन् । कुशलले गतवर्ष नेदरल्यान्ड्सविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । कुशल डेब्यू सहित सुरुवाती तीन खेलमा लगातार तीन अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी हुन् ।
आसिफ शेख र कुशल दुवै डेब्यू खेलमा शतकीय साझेदारी गर्ने पहिलो खेलाडी समेत हुन् । सुरुवाती दुवै खेलमा ओपनिङमा शतकीय साझेदारी गर्ने विश्वकै पहिलो जोडी समेत हुन् । कुशलले १२ टि२० आई खेलमा १ शतक र ५ अर्धशतक सहित कुल ५ सय १८ रन बनाएका छन् । कुशल नेपालबाट ५ सय माथि टि२० आईमा रन बनाउने चौथो खेलाडी हुन् ।
पारस खड्का, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले टि२० आईमा ५ सयमाथि रन बनाइसकेका छन् । उनले अघिल्लो महिना ओमानमा आइसिसी टि२० विश्वकप छनोटमा ए मा फिलिपिन्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । जुन नेपालबाट टि२० आईमा तेस्रो र भुर्तेलको अन्तर्राष्ट्रिय पहिलो शतक थियो । भुर्तेल अघि नेपालबाट पारस खड्का र ज्ञानेन्द्र मल्लले टि२० आईमा शतक प्रहार गरेका थिए ।
कुशल जीवनी पढ्नुहोस् : अवसरमा कुशलले देखाएको कौशल
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]
December 15, 2024
एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]