default_image

5 years ago

April 29, 2021

अवसरमा कुशलले देखाएको कौशल

261 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

ओपनिङ नेपालको सर्वाधिक अस्थिर भूमिका हो । पछिल्लो दुई वर्षमा नेपालले हरेक प्रतियोगितामा फरक फरक ओपनर जोडी प्रयोग गर्यो । खोजे जस्तो पाउन सकेन । मध्यक्रमका ब्याट्सम्यान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई समेत प्रयोग गरेपनि ओपनिङ जस्ताको त्यस्तै रह्यो । तर सफलता भने हातमा लाग्यो शून्य ।

एक पछि अर्को प्रयोग गर्दा समस्या सुल्झनु भन्दा झन् बिग्रदै गयो । ओपनिङले निराश बनायो । टोली, समर्थक र प्रशिक्षक पनि निरन्तर परिवर्तन ओपनिङले निराश बनेका थिए । तर यस साता युवा ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शनका साथ नयाँ आशा, खुसी र सम्भावना देखाएका छन् ।

शनिवार नेपाल त्रिकोणात्मक टि२० सिरिजको च्याम्पियन बन्यो । कुशल र आसिफले सिरिजभर उत्कृष्ट प्रदर्शन गरे । आसिफ र कुशलले टि २० आईमा डेब्यू गर्दै नेदरल्याड्सविरुद्ध १ सय १६ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई ९ विकेटको सहज जित दिलाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध आसिफ र कुशलले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाली समर्थकको ओपनिङ र ब्याटिङलाई आशामा बदले । आसिफ र कुशल टि२० मा डेब्यूमा शतक र सुरुवाती दुई खेलमा दुई शतकीय साझेदारी गर्ने विश्वकै पहिलो जोडी हुन् ।

कुशलले डेब्यु खेलदेखि लगातार तीन अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाए । कुशल टि२० आईमा सुरुवाती तीन खेलमा तीन अर्धशतक प्रहार गर्ने विश्वको पहिलो खेलाडी हुन् । कुशलले पहिलो खेलमा नेदरल्यान्ड्सग ६२, मलेसियासँग ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ६२ रन जोड्दै दुर्लभ कीर्तिमान बनाएका थिए ।

पहिलो खेलमा खाता नखोल्दै नो बलको कारण जीवनदान पाएका कुशलले त्यसपछि उत्कृष्ट प्रदर्शन गरे । चौथो खेलमा मलेसियासँग १६ रनमा आउट हुँदा अन्तिम खेलमा नेदरल्यान्ड्ससँग फाइनलमा ७७ रनको इनिङ खेल्दै नेपाललाई टि२० इतिहासकै सर्वाधिक योगफलमा पुर्याएका थिए उत्कृष्ट प्रदर्शन गरेका कुशल प्लेयर अफ द सिरिज चुनिए ।

‘रेकर्ड त मलाई त केहि थाहा थिएन । डेब्यू सिरिज थियो । आफ्नो टोलीको लागि जति सक्यो राम्रो खेल्छु भन्ने सोच बनाएको थिए, कीर्तिमान बन्दा खुसी लागिनै हाल्छ’, उनले भने, ‘लकडाउनमा मैले कुनैपनि अव आउने अवसरलाई छुटाउनु हुँदैन भनेर मिहिनेत गरेको थिएँ । त्यहिँ मिहिनेत सदुपयो गरेको हुँ ।’

‘सिनियर टोलीबाट खेलेपछि जिम्मेवारी बढी हुन्छ । मेरो सोच खेल जिताउनु थियो । आसिफ र मेरो सोच पावरप्लेमा राम्रो गर्ने थियो । हाम्रो मिडिलअडर र फिनिसर राम्रो थियो । क्याम्पमा पनि सबैले राम्रै गरेका थिएँ। नेपालको पहिलादेखिनै ओपनिङ राम्रो छैन छैन भनि राख्दा हामीले लगातार शतकीय साझेदारी गर्न सफल रह्यौं’, कुशलले भने ।

‘पहिलो खेलमै अर्धशतक लागेपछि दोस्रो खेलमा मलेसियाविरुद्ध अली नर्भस थिए । किनभने पहिले खेलको प्रदर्शनले ममाथि धेरैले आशा राखेका थिए । देश विदेशबाट माया गरि राख्नु भएको छ । परिवार खुसी हुनुन्छ । म जतिसम्म खेल्छु सबैलाई खुसी राख्न र देशलाई जिताउन खेल्ने छु’, उनले भने ।

आसिफ नेपाल एपिएफ क्लब र कुशल नेपाल पुलिस क्लबबाट खेल्छन् । फ्रेन्चाइज लिगमा यी दुवैले सँगै ओपनिङ गरिसकेका छन् । त्यसले पनि दुवैलाई क्रिजमा संगै खेल्न सहज बनेको थियो । यी दुईले सन् २०१२ मा मलेसियामा भएको यू१६ प्रतियोगितादेखि सँगै खेल्दै आएका छन् । पोखरा प्रिमियर लिग (पिपिएल) यी दुवै पोखराबाट सँगै खेल्दै ओपनिङ गर्छन् ।

कुशल पनि सँगै खेलेको हुँदा धेरै सहज भएको बताउँछन् । ‘आसिफ र म यू१६ देखिसँगै खेलेका हौं । पिपिएल, डिपिएल, इपिएल र गौतम बुद्ध कपमा एउटै टोलीबाट खेल्यौं । त्यसैले खेल्न सहज भएको छ । अर्कोतर्फ पछिल्लो समय टियुमा हामीले धेरै खेल खेल्यौं । पिएम कप, काठमाडौं मेयर कप र क्याम्प । जसले गदा पनि प्रदर्शनमा धेरै सहयोग गर्यो । आसिफ र मेरो भूमिका स्पष्ट थियो’, उनले भने ।

त्यसैमा उनले थपे, ‘मलाई लाग्छ मेरो बल्ल क्रिकेट सुरु भयो । म माथि अब धेरैको आशा र भरोसा राखेका छन् । त्यसलाई मैले जोगाई राख्न झन उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।’

कुशलको बाल्यकाल

कुशलको जन्म बुबा दीपक र आमा दुर्गाको कोखबाट दोस्रो सन्तानको रुपमा २०५३ सालमा बुटवलमा भएको हो । उनको एक दिदी र बहिनी छन् । बनकट्टीमा बाल्यकाल विताएका कुशल सानोमा फुटबल र क्रिकेट दुबै खेल्थे । फुबटल भनेपछि स्कुलदेखि जहाँ जान पनि हुरुक्कै हुन्थें । क्रिकेट पनि उनलाई त्यतिनै मन पर्दथ्यो । साथीहरुसँग खेतमा बाख्रा चराउन जाँदा समेत टेनिस बलले खेल गर्दथे । यसरीनै उनको बाल्यकाल बित्दै गयो ।

त्यसैक्रममा उनको बुबा दीपक ७ वर्ष कोरिया बसेर नेपाल फर्किए । त्यसपछि मणिग्राममा कम्प्युटर इन्स्टिच्युट चलाउन थाले । उनको बाबालाई क्रिकेट धेरै मन पर्दथ्यो । त्यसैले गाउँघरमा क्रिकेट खेल खेलाउन थाले । कुशलले पनि स्कुलबाट उक्त प्रतियोगिता खेल्न थालेका थिए । बनकट्टीबाट उनको परिवार २०६७ सालमा मणिग्राम बसाई सरेको थियो ।

कुशलले २०१०/११ तिरबाट क्रिकेटमा बढी केन्द्रित भए । त्यति बेला त स्कुलको टोलीबाट पर्दा पनि खुसी लाग्थ्यो । ‘निकै गर्व लाग्थ्यो, कुशल विगत सम्झदै हसिलो मुद्रामा बाल्यकाल सुनाउछन् । अरनिको बर्डिङ स्कुल पढ्थें । स्कुलले हेमन्त श्रेष्ठलाई प्रशिक्षकमा राख्यो । त्यसपछि उनको क्रिकेटमा धेरै परिवर्तन आयो,’ प्रशिक्षक श्रेष्ठले आफूलाई धेरै सहयोग गरेको कुशल बताउँछन् । यहाँसम्म आउन र सफलता पाउनुको श्रेय बुवा र हेमन्तलाई दिन्छन् ।

उमेर समूहको यात्रा

कुशलले सन् २०१२ मा काठमाडौंमा भएको राष्ट्रिय यू१६ प्रतियोगिता क्षेत्रनम्बर चारबाट खेलेका थिए । त्यसपछि क्याम्प हुँदै मे मा मलेसियामा भएको यू१६ इलिट कपमा नेपालको टोलीमा परेका थिए । कुशलले पहिलो खेलमै कुवेतविरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्दै ५४ बलमा ४ चौका सहित ३५ रन जोडेका थिए । दोस्रो खेलमा बहराइनसँग खेल्नुअघि अभ्यासमा फिल्डिङ गर्नेक्रममा हात भाचिएपछि स्वदेश फर्कनुपरेको थियो ।

२०१३ मा काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यो बेला उनले क्षेत्रनम्बर ४ बाट पहिलो राष्ट्रिय प्रतियोगिता खेलेका थिए । २०१४ मा धनगढीमा नेपाल प्रिमियर लिग (एनपिएल) मा पञ्चकन्या तेज च्याम्पियन हुँदा टोलीको बेन्चमै सिमित थिए । उनी यू१९ टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । २०१५ मा मलेसियामा भएको यू१९ विश्वकप छनोटको लागि कुशलले यू१९ टोलीमा पहिलो पटक परेका थिए । तर बेन्चमा सिमित भए ।

२०१५ को यू-१९ विश्वकप छनोटमा नेपालले फाइनलमा आयरल्यान्डलाई ३ विकेटले हराउँदै २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो । बंगलादेशमा भएको यू-१९ विश्वकप टोलीमा परे । समूह डी मा रहेको नेपालले न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । पहिलो खेलमा टेष्ट टोली न्युजिल्यान्डलाई हराउन कुशलले आठौं नम्बरमा ब्याटिङ गर्दै २३ बलमा ५ चौका सहित ३५ रनमा अविजित थिए । उक्त विश्वकपसँगै उनको उमेर समूह सकियो ।

पुलिस टोलीमा अनुबन्ध

नेपालले यू१६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दा चर्चा र वाहवाही पाएको थियो । नेपाल पुलिस क्लबमा खासै खेलाडी थिएनन् । त्यसैले पुलिसले यू१९ टोलीले राम्रो प्रदर्शन गरेको हुँदा जुनियर खेलाडीलाई लिने निर्णय लिएको थियो । विश्वकपमा राम्रो प्रदर्शन गरेका कुशलसँगै, दीपेन्द्र, योगेन्द्रसिंह कार्की, सुनिल धमला र आरिफ शेख लगायतका युवा खेलाडीसँगै भर्ना भएका थिए ।

२०१६ को इपिएलमा शरद भेषावकरको कप्तानीबाट खेल्दै पञ्चकन्या तेज च्याम्पियन बन्यो । उनको प्रदर्शन सामान्य थियो । पहिलो संस्करणको डिपिएल विनोद भण्डारी कप्तान रहेको कन्चरपुर आइकोनिक, दोस्रो सिवाइसी अत्तरिया र तेस्रो विराटनगरबाट खेलेका थिए । इपिएल पछिल्लो पटक ललितपुर प्याट्रियटसबाट खेल्दै च्याम्पियन बनेका थिए । दुवै संस्करणको पिपिएल शरद भेषावकर टोली पोखरा पल्टनबाट खेल्दै आसिफका साथ ओपनिङ गरेका थिए ।

सिनियर टोलीको यात्रा

सिनियर टोलीको बन्द प्रशिक्षणमा कुशल २०१६ मै परेका थिए । २०१७ मा नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ अन्तर्गत नेपालले वैकल्पिक खेलाडी कुशल भुर्तेल र अनिल कुमार शाहलाई यूएई भ्रमणमा लगेको थियो । कुशल पहिलो पटक २०१९ नोभेम्बरमा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टोलीमा परेका थिए । लगातार ओपनर असफल हुँदा तत्कालीन प्रशिक्षक उमेश पटवालले कुशललाई नेपाली टोलीलाई सरप्राइज रुपमा ओपनिङमा ल्याएका थिए ।

उनले पहिलो खेलमै भारतको यू-२३ विरुद्ध खेल्दै २८ रन जोडेका थिए । हङकङले नाम फिर्ता लिदा नेपालले मौका पाएको थियो । इमर्जिङ कप लगत्तै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सिनियर टोलीमा परेपनि पुरै खेलमा बेन्चमा बस्नु परेको हो । नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग ओडिआई त्रिकोणात्मक सिरिज र फागुनमा थाईल्यान्डमा इस्टर्न रिजन खेलेपनि कुशल टोली पर्न सकेनन् ।

त्यसपछि कोरोना महामारीको सुरु हुँदा लकडाउन भएको थियो । लकडाउनमा उनले कडा मिहिनेत गर्दै टोलीमा पूनरागमनको साथ उच्च प्रदर्शन गर्न सफल भएका छन् । उनलाई नेपालमा पारस खड्का र शरद भेषावकर मन पर्ने खेलाडी हुन् । अष्ट्रेलिया क्रिकेट टोलीको खेल्ने शैलीबाट प्रभावित कुशल रिकी पोन्टिङ आदर्श खेलाडी हुन् ।

एकेडेमी विनानै सिनियर टोलीको यात्रा

कुशल क्रिकेट सिक्नको लागि एकेडेमी हालसम्म नगएको बताउँछन् । उनी एक पटक मात्र गएका थिए । उनलाई त्यो दिन पनि राम्रोसँग छ । बुबाले २०६७ असोज २४ गते भैरहवामा शक्ति गौचनको स्टार एकेडेमीमा भर्ना गरिदिएका थिए । त्यो बेला सौरभ खनाल, प्रकाश केसी नाम चलेका खेलाडी थिए । एकेडेमीमा दुई वटा नेट थियो । सिनियर र जुनियरले सिक्ने ।

सौरभहरुको ब्याटिङ रमाएर हेरिरहेका थिए । त्यहिक्रममा नेटमा बसिरहेको बेला बलले नाकमा लागेर काटेपछि रगताम्य हुन पुगे । त्यसपछि उनी सिक्नको लागि एकेडेमी गएनन् । यू१९ सँगै काठमाडौंमा पुलिसमा जान थाले । हाल टियु मैदानमा साथीहरु मिलेर अभ्यास गर्ने गर्दछन् ।

चुनौती र अवसर दुवै

लामो र धेरै प्रयास पछि आसिफ र कुशलले नेपाललाई नयाँ आशा दिलाएका छन् । तर सहज भने छैन । घरेलु मैदानको भरिपूर्ण फाइदा उठाएका कुशल विदेशी भूमिमा र बलिया टोलीसँग कस्तो प्रदर्शन गर्छन् त्यो हेर्न बाँकी छ । घरेलु मैदान र समर्थक हुँदा पनि उनलाई खेल्न निकै सहज भयो । अर्कोतर्फ कागजी रुपमा मलेसिया र नेदरल्यान्ड्स नेपाल भन्दा कमजोर टोली पनि थिए ।

यस्तै प्रदर्शनलाई निरन्तरता दिन सके उनले नेपाली क्रिकेटमा टि२० शैलीमा लामो यात्रा गर्ने छन् । ५० ओभरको खेलमा पनि राम्रो सावित हुन सक्छन् । जुन चुनौती र अवसर कुशललाई पनि राम्रोसँग थाहा छ । त्यसैले त कुशलले भन्छन् चुनौती विना मज्जा पनि किन आउँछ र ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.