3 years ago
March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८ रनले पराजित गरेको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका टोनी उराले ३५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए । नर्मन भानुवा २५ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा आउट भए । पपुवा न्युगिनीलाई अन्तिम ६ बलमा १५ रन जितको लागि चाहिँएको थियो । पहिला बल शर्विन मुनीआन्दीले डट राख्दा दोस्रो बल लङअनमा नसैन पोकनाले छक्का प्रहार गरे ।
विरनदीपको खुट्टा ल्याडिङ गर्नेक्रममा बाउन्ड्री रेखा छुन पुग्दा छक्का भएको थियो । तर तेस्रो बलमा भने विरनदीपले लङअनमै क्याच लिँदै जित पक्का गराए । स्पिनर पवनदिप सिंहले पपुवा न्युगिनीको शीर्षक्रम धरासय बनाएका थिए । ओपनर असाद भालालाई दोस्रो ओभरको पाँचौं बलमा अमार जहदी हजानबाट ११ रनमा क्याच गराए । चौथो ओभरको तेस्रो बलमा पवनदीपले अर्का ओपनर लेगा सियाकालाई ६ रनमा बोल्ड आउट भए ।
पवनले नै चाल्र्स अमिनीलाई ५ रनमा कट एण्ड बोल्ड आउट भएपछि ३४–३ को अवस्थामा पुगेको थियो । मोहम्मद वाफिकले सेसे बाउलाई शून्यमा बोल्ड आउट गरे । पाँचौं विकेटका लागि टोनी उरा र नर्मन भानुवाले ७४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । शर्विन मुनीआन्दीको बलमा उरा एनिल हफिजबाट लङअफमा क्याच भएपछि मलेसिया खेलमा फर्किएको थियो । तल्लोक्रमका शिमोन आतीले १७, चाद सोपरले ८ र पोकनाले ९ रन बनाए ।
मलेसिया मुहम्मद वाफिकले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । पवनदिप सिंहले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । शर्विन मुनीआन्दीले ३.३ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । मलेसिया ओपनर विरनदीपसिंह ५२ बलमा २ चौका र २ छक्कासहित ५९ रनमा अविजित रहे । कप्तान अहमद फैजले ३७ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको योगदान दिए ।
ओपनर जुबैदी जुल्किफ् र विरनदीपले १२ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले ९५ रनको साझेदारी गरेका थिए ।
सैद अजिज २६ बलमा ५ चौका र २ छक्कासहित ४७ रन बनाए । पपुवा न्युगिनीका नर्मन भानुवाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । नोसैना पोकनाले १ विकेट लिए । त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । नेपालले बुधबार मलेसियासँग खेल्नेछ ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । शनिवार पोखरा […]
December 14, 2024
हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]