default_image

3 years ago

March 29, 2022

नेपाललाई बलिङ सुधारको आवश्यक

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ । खेल दिउँसो १२:३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र मलेसिया दुवैले त्रिकोणात्मक टि२० आई सिरिजमा विजयी सुरुवात गरेका छन् ।

नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो । नेपाल बुधबार मैदान प्रवेश गर्दा बलिङ सुधारमा ध्यान दिनेछ । नेपालले पपुवा न्युगिनीसँग दुवै ओडिआई खेलमा कमजोर बलिङको कारण हारेको थियो । पहिलो खेलमा टि२० आईमा पनि धौधौ परेको थियो ।

पहिलो टि२० खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । पपुवा न्युगिनी १९.२ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो । आक्रामक ब्याटिङ गरेका नर्मन भानुवालाई १९ औं ओभरको पाँचौं बलमा करण केसीले आउट गरेपछि नेपालको जित पक्का बनेको थियो । उनी टिकेको खण्डमा पपुवा न्युगिनीको पक्षमा जान सक्ने देखिएको थियो ।

बलिङ र फिल्डिङ नेपालले कमजोर गरेको थियो । बलिङ र फिल्डिङ सुधार नगरे मलेसियाले नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्न सक्छ ।
नेपालले कमजोर बलिङ गरेपछि पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा आफ्नो इतिहासकै सर्वाधिक २ सय ९२ रनको योगफल बनाएको थियो । रोहित पौडेलले १ सय २६ रनको शतकीय इनिङ खेलेपनि हार टार्न सकेनन् ।

दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीको १ सय ५ रनको सहयोगमा २ सय ७८ रन बनाएपनि नेपालले योगफल बचाउन सकेको थिएन । त्यसैले नेपालले मलेसियाविरुद्ध बलिङ सुधार गर्नुपर्ने हुन्छ । मलेसियाले पहिलो खेलमा उत्कृष्ट बलिङ र फिल्डिङका साथ पपुवा न्युगिनीलाई स्तब्ध पार्दै जित निकाल्दै नेपाललाई दबाबमा राखेको छ । नेपालले तीनै खेलमा प्रमुख ३ बलर मैदान उतारेको थियो । सोमपाल कामी, करण केसी र सन्दीप प्रमुख बलर हुन् । अन्य ओभर अलराउन्डरबाट पूरा गर्दै आएको छ । प्रमुख बलरको प्रदर्शन भने अपेक्षा अनुसार हुन सकेको छैन ।

कप्तानी सन्दीपले पनि बलिङमा केहि सुधार गर्नुपर्ने बताउँछन् । ‘नर्मनलेनै सबै कुरा पल्टाए कहिले काहिँ योजनाले काम गर्दैन । हामीले योजनाहरुमा धेरै कुराहरु छोडेका छौं । बलिङ क्षेत्रमा हामीहरुले केहि कुरामा सुधार गर्नुपर्नेछ’, पहिलो जितपछि सन्दीपले भनेका थिए ।
नेपाली बलरले तीनै खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । प्रमुख बलरको प्रदर्शन नै अपेक्षा र क्षमता अनुसार हुन सकेको छैन । सन्दीप भने विकेट(पिच) को कारण त्यसो भएको बताउँछन् ।

‘ब्याटिङ विकेट एकदमै राम्रो छ । योजनहरु एकदुई वटा तलमाथि भएको छ । घरेलु मैदानमा खेल्नुअघि हाम्रो पनि ब्याटिङ तलमाथि भएको थियो । वहाँ आएपछि राम्रो भएको छ । पिच जुन तरिकाले बनेको छ त्यो अनुसार रन बनाउन सहज छ’, सन्दीपले भने । सन्दीपले खेलाडीबाट साथ नपाउनु भएको हो भन्ने प्रश्नमा भने ठाँडै अस्वीकार गरे ।

नेपालले मलेसियाविरुद्ध स्पिनर सागर ढकाललाई मौका दिनेछ । उनलाई नेपालले आरिफ शेख वा पवन सरार्फ मध्य एकलाई बेन्चमा राख्नसक्छ । बलिङ आक्रामण बलियो बनाउन नेपालले एक स्पिनर आवश्यक पनि देखिन्छ । मलेसिया र नेपालबीच हालसम्म ७ टि२० आई खेल भएका छन् । जसमा नेपाल ६ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।

गत वर्ष त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियालाई दुवै खेलमा पराजित गरेको थियो । २०२० को एसिया कप छनोटको इस्टर्न रिजनमा छनोटमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो । उक्त खेलमा नेपाललाई हराउन शर्विन मुनीआन्दीले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

पपुवा न्युगिनीलाई हराउन पनि शर्विनले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । तीव्र गतिका बलर मुनीआन्दी इपिएलमा भैरहवा ग्ल्याडियटर्समा अनुबन्ध भएका थिए । चितवन टाइगर्सबाट इपिएल खेलेका विरनदीप सिंह मलेसिया प्रमुख हतियार हुन् । उनले पपुवा न्युगिनीविरुद्ध ५९ रनको अविजित इनिङ खेलेका थिए । शर्विन र विरनदीप प्रमुख हतियार हुन् । विरनदीप ब्याटिङमा नेपाललाई घातक बन्नसक्छन् ।

मलेसियाले गत वर्ष नेपाल र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक सिरिजपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । सैद अजिज, विरनदीप सिंह , अहमद फैज ब्याटिङ हतियार हुन् । बायाँ हाते स्पिनर पवन दिपसिंह पनि टाउको दुखाईको बलर बन्न सक्छन् । तीव्र गतिका बलरमा शर्विन र मोहम्मद वाफिक उसका हतियार हुन् । मलेसियाले नेपाललाई राम्रो चुनौती दिने अनुमान गरिएको छ ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 12, 2024

लारा भोलि नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]

December 12, 2024

यू १९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]

Success

Thank you for your time.