default_image

2 years ago

March 30, 2022

नेपाललाई पहिलो बलमै प्रमुख विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध पहिलो बलमै विकेट लिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले पहिलो ओभरमा १ विकेट गुमाउँदै ५ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमै मलेसिया ओपनर तथा प्रमुख ब्याटर विरनदीप सिंहलाई शून्यमा […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध पहिलो बलमै विकेट लिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले पहिलो ओभरमा १ विकेट गुमाउँदै ५ रन बनाएको छ ।


नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमै मलेसिया ओपनर तथा प्रमुख ब्याटर विरनदीप सिंहलाई शून्यमा बोल्ड आउट गरेका हुन् ।

नेपालले एक खेलाडी मात्र परिवर्तन गरेको छ । बायाँ हाते विकेटकिपर दीलिप नाथलाई डेब्यू दिँदा लोकेश बमलाई बेन्चमा राखेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो ।

मलेसियाले पनि पपुवा न्युगिनीलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । मलेसियाले पिएनजीमाथि सानदार बलिङ र फिल्डिङका साथ जित हात पारेको थियो । तर नेपालको फिल्डिङ र बलिङ भने कमजोर प्रदर्शन गरेको थियो ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर) , कुशल मल्ल र रोहित पौडेल ।

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

Success

Thank you for your time.