default_image

2 years ago

March 30, 2022

नेपाललाई मलेसियाको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपाललाई १ सय १५ रनको सामान्य विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनायो । मलेसियाका ओपनर ओपनर जुबैदी जुल्किफ्लले १५ बलमा ३ चौका र २ छक्कासहित […]

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपाललाई १ सय १५ रनको सामान्य विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनायो ।

मलेसियाका ओपनर ओपनर जुबैदी जुल्किफ्लले १५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमै मलेसिया ओपनर तथा प्रमुख ब्याटर विरनदीप सिंहलाई शून्यमा बोल्ड आउट गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

दोस्रो विकेटका लागि जुबैदी र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरेका थिए । बायाँ हाते स्पिनर कुशल मल्लले जुबैदीलाई सातौं ओभरको पाँचौं बलमा जुबैदीलाई बोल्ड गर्दै दोस्रो सफलता दिलाए । मलेसिया मध्यक्रमका प्रमुख ब्याटर सैद अजिज १४ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरीको १२ औं ओभरको सुरुवाती चार बल लगातार डट खेलेका अजिज पाँचौं बलमा मिडअनमा सन्दीपबाट क्याच भए ।

डटको दबाबका उनले विकेट दिएका थिए । दीपेन्द्रले उक्त ओभर विकेट मिडन राखेका थिए । अर्को ओभरमा सन्दीपको बलमा कप्तान अहमद फैज लङअफमा कुशल मल्लबाट २४ रनमा क्याच भए । उनले ३८ बलमा ३ चौका प्रहार गरे ।

तल्लोक्रमका शर्विन मुनीआन्दी ९, मोहम्मद आमिर १६, एनुल हफिज ९ र विजयी उन्नीले ३ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट लिए ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.