default_image

2 years ago

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

1593 views

0 Bookmark

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो ।

चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै राइली रुसोले २३ बलमा ४३ रन जोडे । स्याम करन २६ र शशांक सिंह २५ रन बनाएर अविजित रहे । ओपनर प्रभसिम्रन सिंह १३ रन बनाएर आउट भएका थिए ।

चेन्नाईका शार्दुल ठाकुर, रिचार्ड ग्लिसन र शिभम दुबेले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन जोड्यो । चेन्नाईका लागि कप्तान रुतुराज गाईक्वाडले ४८ बल खेल्दै सर्वाधिक ६२ रन बनाए । अर्का ओपनर अजिंक्या राहानेले २९ रन बनाए भने समिर रिज्विले २१ रन जोडे । मोइन अलिले १४ तथा महेन्द्र सिंह धोनीले १४ रन बनाए ।

पञ्जाबका लागि हरप्रीत ब्रार र राहुल चहरले २-२ विकेट लिए भने कागिसो रबाडा र अर्शदिप सिंहले १-१ विकेट लिए ।

जित पछि पञ्जाब १० खेलमा ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ । चेन्नाई १० खेलमा १० अंक सहित चौथो छ ।

आईपिएलमा भोलि हुने एकमात्र खेलमा सनराईजर्स हैदराबाद र राजस्थान रोयल भिड्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.