default_image

3 years ago

March 31, 2022

नेपालको प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल दिउँसो १२ : ३० मा टियु मैदानमा हुनेछ । नेपाल विजयी भएमा ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुग्नेपक्का हुनेछ ।


पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । पिएनजी भने दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहेर फाइनल खेल्न पिएनजीलाई जित्नुपर्ने दबाब छ । नेपालले आजको खेलमा कम्तिमा एक परिवर्तन गर्ने सम्भावना छ ।

युवा आक्रामक ब्याटर आदिल अन्सारीलाई नेपालले डेब्यू दिनसक्छ । आदिलले पछिल्लो समय घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनी ठूला सट र मध्य गतिको बलिङको लागि चिनिन्छन् । आदिल नेपालका सरप्राइज प्याकेज बन्न सक्छन् । आदिलले अन्तर्राष्ट्रिय खेल नखेलेको हुँदा पिएनजीलाई रणनीति बनाउन कठिन पर्नसक्छ । उनलाई मौका दिन नेपालले आरिफ शेखलाई विश्राम दिनसक्छ । आरिफ ओडिआई सिरिजमा पनि हुँदा लगातार खेल खेल्दै आएका छन् ।

नेपालको अन्य खेलाडी परिवर्तनको सम्भावना भने कम छ । ओपनरमा कुशल भुर्तेल र आसिफ शेख हुनेछन् । पछिल्लो खेलमा आसिफले अर्धशतक प्रहार गरेका थिए । कुशललाई भने जिम्मेवारी ब्याटिङ गर्न आवश्यक देखिन्छ । रोहित पौडेल तेस्रो र चौथो नम्बरमा दीपेन्द्र हुनेछन् । दीपेन्द्रले ब्याटिङमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । पाँचौं नम्बरमा बायाँ हाते विकेटकिपर दीलिप नाथ हुनेछन् ।

दीलिपले डेब्यू खेलमा मलेसियाविरुद्ध ७ बलमा १५ रन जोड्दै अन्त्य गरेका थिए । छैटौं नम्बरमा कुशल मल्ल र सातौंमा आदिल अन्सारी हुनसक्छन् । त्यसपछि करण, सोमपाल र सन्दीपको सम्भावना देखिन्छ । नेपालको ब्याटिङमा भने गहिराई छ । नेपालले तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई निरन्तरता दिने सम्भावना देखिन्छ । स्पिनरमा सन्दीप र कुशल मल्ल हुनेछन् । दीपेन्द्रले पार्टटाइममा साथ दिनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), कुशल मल्ल र रोहित पौडेल ।

December 14, 2024

हेन्ड्रिक्सको शतकसँगै दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्सको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पनि शुक्रवार पाकिस्तानलाई‌ पराजित गरेको छ। योसँगै दक्षिण अफ्रिकाले अन्तिम खेलअघि नै सिरिज जितेको छ। दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ७ विकेटको जित हात पार्यो । २ सय ७ रनको फराकिलो लक्ष्य १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा […]

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

Success

Thank you for your time.