default_image

4 years ago

March 31, 2022

‘डेब्यू खेल यस्तो हुन्छ सोचेको थिइनँ’ – आदिल

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर आदिल अन्सारीले त्रिकोणात्मक टि२० आई सिरिजमा बिहीबार पपुवा न्युगिनीविरुद्ध डेब्यू गर्दै सानदार प्रदर्शन गरे । उमेर समूहमा विष्फोटक फिनिसरको छवी बनाएका उनले सिनियर टोलीमा पनि त्यसलाई निरन्तरता दिए ।

नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हराउन उनले तल्लोक्रममा ११ बलमा ३ छक्का र १ चौकासहित कुल ३१ रनको योगदान दिए । नेपालले टियु मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । आदिलसँगै दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित ६६ रनको इनिङ खेलेका थिए ।

आदिलले खेलपछि बोल्दै डेब्यू खेलमै यस किसिमको प्रदर्शन गर्ने नसोचेको बताए । ‘डेब्यूमै यस किसिमको प्रदर्शनले एकदमै खुसी लागेको छ । सोचेको थिइनँ कि डेब्यू खेलमा यस्तो हुन्छ । तर एकदमै आशा बोकेर गएको थिए कि राम्रो गर्छु भनेर’, आदिलले भने ।

आदिलले १९ औं ओभरमा तीव्र गतिका बलर नोसैना पोकनालाई पहिलो बलमा चौका र त्यसपछि लगातार तीन छक्का प्रहार गरेका थिए । उक्त ओभरको पहिलो बल उनले लेग साइडमा चौका प्रहार गरेका थिए । त्यसपछि फुलटस बल आदिलले चोभारतर्फको डिप मिडविकेटमा सानदार छक्का प्रहार गर्दै समर्थकमाझ पुर्याएका थिए । अफसाइडको बललाई उनले एक्स्ट्रा कभरमा छक्का प्रहार गरेका थिए । जुन नो बल थियो । तेस्रो फ्रि हिट बललाई उनले हेलिकप्टर सटमा छक्का प्रहार गरे ।

‘लगातार तीन छक्का हान्ने अवस्था थियो । त्यो समय हान्ने बल पनि पाएँ । त्यो तीन मध्य मलाई सबैभन्दा मन परेको सट हेलिकप्टरनै हो’, आदिलले भने ।

यति चाँडो सिनियर टोलीमा पर्छु जस्तो लागेको थियो भन्ने प्रश्नमा उनले भने, ‘यस्तो त लागेको थिएन । तर मिहिनेत पहिला देखि गरेको थिएँ । मिहिनेतको सफलता पाएँ । अलि चाँडो भए जस्तो भयो ।’

उमेर समूहमा आदिल विष्फोटक ब्याटिङको रुपमा छवी बनाएका थिए । त्यो छविलाई निरन्तरता दिन उनलाई पनि केहि चुनौती थियो । ‘त्यो छवीलाई निरन्तरता दिन केहि दबाब त थियो । तर मेरो अभ्यासनै त्यस्तै खालको हुन्छ । जाने बितिक्कै हान्ने हुन्छ’, उनले भने

आदिल १५ औं ओभरको दोस्रो बलमा रोहित पौडेल आउट भएपछि क्रिजमा आउट भएका थिए ।’ टिमले मलाई एकछिन खेललाई अघि बढाउने जिम्मेवारी दिएको थियो । दुई तीन ओभर लगेर जाने अनि हान्नी भूमिका थियो,’ उनले भने ।

आदिललाई खेलअघि पूर्व नेपाली खेलाडी तथा वर्तमान समयका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू क्याप दिएका थिए । उनी टि२० आईमा डेब्यू क्याप पाउने नेपालका ४१ औं खेलाडी हुन् ।

२ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भए । तीव्र गतिका बलर करण केसीले ह्याट्रिक सहित ५ विकेट लिँदै नेपाललाई सहज जित दिलाए । करण टि२० आईमा पाँच विकेट लिने र ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नैसान पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने दुबै पहिलो खेलाडी बनेका थिए ।

पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान दिए । टोनी उरा ४३, सेसे बाउ २५ र नोर्मन भानुआले १७ रन बनाए । करण केसीले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।सन्दीपको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.