default_image

2 years ago

March 31, 2022

‘दीपेन्द्र देखेपछि क्याच नहुँदै ह्याट्रिक पक्का लाग्यो’ – करण

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पपुवा न्युगिनीसँग दोस्रो खेलमा ह्याट्रिकसहित ५ विकेट लिँदै नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान रचे । उनको उत्कृष्ट प्रदर्शनमा नेपाल ३७ रनले विजयी हुँदै एक खेल अगावै फाइनलमा पुग्यो । जितका लागि २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी १९.४ ओभरमा […]

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पपुवा न्युगिनीसँग दोस्रो खेलमा ह्याट्रिकसहित ५ विकेट लिँदै नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान रचे । उनको उत्कृष्ट प्रदर्शनमा नेपाल ३७ रनले विजयी हुँदै एक खेल अगावै फाइनलमा पुग्यो ।

जितका लागि २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । करणले २० औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिँदै टि२० आईमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बने । उनी टि२० आईमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बने । टि२० आईमा ५ विकेट लिने पहिलो खेलाडी पनि बेन ।

‘ह्याट्रिक र ५ विकेट पनि । यो मेरो अन्तर्राष्ट्रिय क्रिकेटको उत्कृष्ट प्रदर्शन हो । मेरो लागि विशेष हो । खुसी पनि लागेको छ । आगमी दिनमा चार पाँच वटा गर्न प्रयास गर्छु’, खेलपछि बोल्दै करणले भने ।

दुई महिना अघि ओमानमा सम्पन्न टि२० विश्वकप छनोट ए मा भने करण चोटका कारण टोलीमा थिएनन् । ‘मैले मुख्य त चोटको कारण नै विश्वकप छनोट गुमाएको थिए । त्यो बेलामा खेल्न नसक्ने अवस्था थियो । एकदमै गाह्रो भइरहेको थियो । खेल्नको लागि प्रयास त गरेको थिएँ । तर त्यो पनि भएन । उपचार पनि धेरै नै गरेको थिए । तर पनि गाह्रो नै भएको थियो । गुमाउनै पर्यो’, करणले सुनाए ।

टि२० क्रिकेटमा नेपालको यो इतिहासकै उत्कृष्ट प्रदर्शन हो भन्ने थाहा पाउनु भएन भन्ने प्रश्नमा उनले भने, ‘अ नाँई म त्यस्तो चाहिँ सोच्दिन । आफ्नो उत्कृष्ट गर्ने । उत्कृष्ट प्रदर्शन हो भनेर टिममा पनि कसैले भनेन ।’

करणले नयाँ बलका साथ सुरुवात र डेथ ओभर दुवैमा राम्रो प्रदर्शन गर्दै आएका छन् । ‘तीन चार वर्षदेखि हामीले धेरै जसो टि२० आई क्रिकेट नै खेलेका छौं । घरेलुमा पनि टि२० नै धेरै खेलिन्छ । त्यसै अनुसार अभ्यास पनि भएको हुन्छ । टि२० खेल्ने भएपछि त्यो मोड सबै आफैं आउँछ । यहाँको टि२० अनुभवले गर्दा अन्तर्राष्ट्रियमा फाइदा भएको छ’, करणले भने ।

करणले नेपालको ५० औं टि२० आई खेलमा आफ्नो ५० विकेट पनि पूरा गरे । उनी सन्दीपछि टि२० आईमा ५० विकेट लिने दोस्रो नेपाली खेलाडी हुन् । डेब्यू खेल खेल्दा यहाँ सम्म पुग्ने सोच्नु भएको थियो भन्ने प्रश्नमा करणले भने, ‘त्यस्तो त योजना केहि पनि गरेको थिएन । क्रिकेट खेल्दा जहाँ सम्म पुगिन्छ पुगिन्छ । हेरौं आगमी दिनमा रेकर्डहरु कति टुट्छन् र कति बन्छन् । त्यहिँ सोचेको हो।’

करणले विष्फोटक ब्याटिङ गर्दै आएका छन् । तर अपेक्षा अनुसार ठूलो इनिङ भने खेल्न सकेका छैनन् । ‘क्रिकेट यस्तै हो । मेरो इनिङ लाष्टमा आउँछ । क्लिक गर्यो भने राम्रो । गरेन भने नराम्रो देखिन्छ, म ब्याटिङ होस् वा बलिङ फिनिस गर्न प्रयास गर्छु,’ करणले आफ्नो भूमिका बारे भने ।

‘टि२० क्रिकेटमा ५ जना बलर हुन्छ । २० ओभरमा एउटा एक एक विकेट लियो भने एक जनाको पाँच विकेट पुग्दैन । अन्तर्राष्ट्रिय स्तरमा नेपालको बलिङ जहिले पनि राम्रो हुन्छ । जसले पनि विकेट लिई राखेको हुन्छ । त्यहिँ भएर नेपाली बलरलाई टि२० आईमा ५ विकेट लिन ५० खेल लाग्यो’, उनले भने ।

२० औं ओभरमा सुरुवाती दुई विकेट लिएपछि योजना के थियो भन्ने प्रश्नमा करणले भने, ‘सबैको ध्यान फिल्डिङमा नै थियो । ह्याट्रिक बल भएकाले डिफेन्स गर्छ भन्ने सोचेको थिए । तीव्र गतिमा फ्याँके भने डिफेन्स गर्छ भनेर नै सुस्त फ्याँकेको थिएँ ।’

अन्तिम बल सामना गर्न नासैन पोकना आएका थिए । तर उनी मिडअफमा क्याच नहुँदै करणले ह्याट्रिक लिएको सेलेब्रेसन गरेका थिए । ‘फिल्डर दीपेन्द्र थियो । त्यहिँ भएर मैले क्याच नहुँदै सेलिब्रेट गरे । अरु कोहि भएको भए गर्ने थिएन होला । तर दीपेन्द्र भएर गरे,’ त्यसमा करणले थपे ।

करणले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बलर भएपछि ब्याटिङ गर्न धेरै रमाइलो लाग्ने बताए ।

करणले खेलमा ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा विकेटकिपर शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नोसैन पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने तथा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले । युवा ब्याटर रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । पपुवा न्युगिनीका राइली हेकुरेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आबुआ मोरेआले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.