default_image

2 years ago

April 1, 2022

आदिल र दीपेन्द्रले ३२ रन हानेको बलर टोलीबाटै बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले एकै ओभरमा ३२ रन हानेका पपुवा न्युगिनीका तीव्र गतिका बलर नोसैना पोकना टोलीबाटै बाहिर भएका छन् । त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीले मलोसियाविरुद्ध उनलाई प्लेइङ ११ मा होईन टसमा बुझाएको अन्तिम १५ खेलाडीको लिष्ट मै राखेको छैन । टियु क्रिकेट मैदानमा टस जितेर पहिला […]

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले एकै ओभरमा ३२ रन हानेका पपुवा न्युगिनीका तीव्र गतिका बलर नोसैना पोकना टोलीबाटै बाहिर भएका छन् । त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीले मलोसियाविरुद्ध उनलाई प्लेइङ ११ मा होईन टसमा बुझाएको अन्तिम १५ खेलाडीको लिष्ट मै राखेको छैन ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको पपुवा न्युगिनीले प्लेइङ ११ मा उनको स्थानमा सेमो कमियालाई मौका दिएको छ । पोकना अन्तिम १५ मै छैनन् । १९ औं ओभरमा पोकनालाई आदिल र दीपेन्द्रले ३२ रन हानेका थिए ।

जुन नेपालले टि२० आईमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो । टि२० आई मात्र नभएर सम्भव त अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो एकै ओभरमा सर्वाधिक रन हो । विश्वको टि२० आईमा एकै ओभरमा बनाएको चौथो धेरै रन हो ।

आदिल अन्सारीले पहिलो बलमा चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा आदिलले दुई सानदार छक्का प्रहार गरे । तेस्रो नो बलमा पुन छक्का प्रहार गर्दा चौथो बलमा तीन रन बटुलेका थिए । पाँचौं बलमा दीपेन्द्रसिंह ऐरीले सानदार छक्का प्रहार गरेपछि नेपाललाई दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर बनेको थियो ।

अन्तिम बलमा छक्का प्रहार गरेको भए टि२० आई एकै ओभरमा सर्वाधिक रन बनाउने जोडी बन्न पुग्थें । तर दीपेन्द्र लङअफमा टोनी उराबाट क्याच भएपछि दुर्लभ कीर्तिमानबाट चुकेका थिए ।

पपुवा न्युगिनीलाई फाइनलमा पुग्न मलेसियालाई फराकिलो अन्तरले हराउनुपर्छ । त्यतिमात्र होईन अन्तिम खेलमा शनिबार मलेसियाले नेपालसँग पनि फराकिलो अन्तरले हार्नु पर्छ । यो अवस्थामा दुबै टोलीको २-२ अंक हुँदा नेटरनरेटको आधारमा पपुवा न्युगिनी फाइनलमा पुग्न सक्छ । पपुवा न्युगिनी पहिलो खेलमा नेपालसँग १५ रन , मलेसियासँग ८ रन र नेपालसँग ३७ रनले पराजित भएको थियो ।

मलेसिया यस खेलमा विजयी भएमा भने स्वत फाइनलमा पुग्नेछ । यस खेलमा पराजित भए पनि अन्तिम खेलमा नेपाललाई हराएमा मलेसिया फाइनलमा पुग्नेछ ।

९ ओभरमा २ विकेट गुमाउँदै ७६ रन बनाएको छ।

पपुवा न्युगिनीको प्लेइङ ११ :

असाद भाला (कप्तान), लेगा सियाका, टोनी उरा, सेसे बाउ, चाल्र्स अमिनी, सिमोन आइती, चाद सोपर, नर्मन भानुआ, राइली हेकुरे, काबुआ मोरेआ र सिमो कमिया ।

दीपेन्द्र र आदिलले बनाए नयाँ कीर्तिमान

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.