4 years ago
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रम युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नयाँ कीर्तिमान बनाएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।
जसक्रममा तीव्र गतिका बलर नोसैना पोकनालाई १९ औं ओभरमा नेपालले कुल ३२ रन जोडेको थियो । जुन नेपालले टि२० आईमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो । टि२० आई मात्र नभएर सम्भव त अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो एकै ओभरमा सर्वाधिक रन हो । विश्वको टि२० आईमा एकै ओभरमा बनाएको चौथो धेरै रन हो ।

एकै ओभरमा ६ छक्का इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र श्रीलंकाका अकिला धनन्जय खर्चिएका छन् । सन् २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर ब्रोडलाई भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले २०२१ मा स्पिनर अकिला धनन्जयलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
आदिल अन्सारीले पहिलो बलमा चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा आदिलले दुई सानदार छक्का प्रहार गरे । तेस्रो नो बलमा पुन छक्का प्रहार गर्दा चौथो बलमा तीन रन बटुलेका थिए । पाँचौं बलमा दीपेन्द्रसिंह ऐरीले सानदार छक्का प्रहार गरेपछि नेपाललाई दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर बनेको थियो ।

अन्तिम बलमा छक्का प्रहार गरेको भए टि२० आई एकै ओभरमा सर्वाधिक रन बनाउने जोडी बन्न पुग्थें । तर दीपेन्द्र लङअफमा टोनी उराबाट क्याच भएपछि दुर्लभ कीर्तिमानबाट चुकेका थिए । त्यसअघिको १७ औं ओभरमा नेपालले नोर्मन भानुआलाई ३ छक्का र १ चौकासहित कुल २४ रन जोडेका थिए ।
२०२० मा भारतीय शिवम दुबेले न्युजिल्यान्डविरुद्ध एकै ओभरमा ३४ रन खर्चेका थिए । दक्षिण अफ्रिका वेन पार्नेल, अफगानिस्तानका इजातुल्लाह दलतजजाई, भारतीय स्टुर्ट बिन्नी र नेदरल्यान्ड्सका म्याक्स ओडआउडले एकै ओभरमा ३२–३२ रन खर्चेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]