default_image

2 years ago

April 2, 2022

दीपेन्द्रको कीर्तिमानी शतक

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले टि२० आई क्रिकेटमा नेपालको लागि कीर्तिमानी सानदार शतक प्रहार गरेका छन् । दीपेन्द्रले घरेलु मैदान टियुमा त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध नेपाली टि२० क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो । दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्कासहित १ सय १० रनको अविजित सानदार शतक प्रहार गरे । योसँगै दीपेन्द्र नेपालबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।

उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको भुटानविरुद्ध १ सय ७ रनको कीर्तिमान तोडेका हुन् । ज्ञानेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको इनिङ खेलेका थिए । २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रन बनाएका थिए । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनमा अविजित थिए ।

दीपेन्द्र नेपालबाट ओडिआई र टि२० आई दुबैमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । पारसले यी दुबैमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआई खेलमा नेपालको लागि पहिलो शतक प्रहार गरेका थिए । उक्त खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

दीपेन्द्रले ओडिआई पपुवा न्युगिनीसँग यसै साता दोस्रो खेलमा १ सय ५ रनको इनिङ खेलेका थिए । टि२० आईमा दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए । दीपेन्द्रले अन्तिम ओभरको चौथो बलमा सैद अजिजलाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । पाँचौं बलमा पुन स्टेटमै छक्का प्रहार गर्दै कीर्तिमान रचेका थिए ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.