default_image

2 years ago

April 2, 2022

लाथमको शतकमा न्युजिल्यान्डको नेदरल्यान्ड्माथि जित

एजेन्सी – कप्तान टम लाथमको सानदार शतकमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा नेदरल्यान्ड्सलाई १ सय १८ रनले पराजित गरेको छ । जितका लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३४.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका बास डि लिडेले ५८ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन बनाए । […]

149 views

0 Bookmark

एजेन्सी – कप्तान टम लाथमको सानदार शतकमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा नेदरल्यान्ड्सलाई १ सय १८ रनले पराजित गरेको छ ।

जितका लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३४.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका बास डि लिडेले ५८ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन बनाए ।

विक्रमजित सिंहले ५१ बलमा ७ चौकासहित ३१ रन बनाए । माइकल रिप्पन १८ र कप्तान पिटर सिलार ९ रनमा आउट भए । न्युजिल्यान्डका माइकल ब्रसवेलले ५ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ईश सोधी र काइल जेमिसनले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । न्युजिल्यान्डका कप्तान टम लाथमले १ सय २३ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक १ सय ४० रनको शतकीय अविजित इनिङ खेले । उनको ओडिआई करिअरको छैटौं र उत्कृष्ट प्रदर्शन हो ।

खराब सुरुवात गर्नेक्रममा एक समय न्युजिल्यान्ड ९.५ ओभरमा ३२–५ को दयनीय अवस्थामा पुगेको थियो । कोलिन डि ग्रान्डहोम १६ रनमा आउट हुँदा २२.५ ओभरमा ८९–६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि लाथम र डग ब्रसवेलले ९० रनको साझेदारी गर्दै न्युजिल्यान्डको संटक टारेका थिए । ब्रेसवेल ५१ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । ईश सोधीले १८ रन जोडे ।

नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भ्यान बीकले १० ओभरमा २ मेडनसहित ५६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । फर्द क्लासेनले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ७ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.