default_image

2 years ago

April 2, 2022

दीपेन्द्रको कीर्तिमानी शतकमा नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ८५ रनले पराजित गरेको छ । नेपालको सानदार जितसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेको छ । उपाधिको लागि सोमबार नेपाल र पीएनजी भिड्नेछन् । जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ […]

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ८५ रनले पराजित गरेको छ । नेपालको सानदार जितसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेको छ । उपाधिको लागि सोमबार नेपाल र पीएनजी भिड्नेछन् ।


जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । मलेसियाका लागि ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकासहित सर्वाधिक ४७ रनमा आउट भए । कमलसिंह ऐरीको छैटौं ओभरको चौथो बलमा स्वायर लेगमा आसिफ शेखले विरनदीपको उत्कृष्ट क्याच लिएपछि मलेसियाले लगातार विकेट गुमाएको थियो ।

कप्तान अहमद फैज ३१ बलमा ३ चौकासहित ३३ रनमा आउट भए । सैद अजिज १७ र अनुल अफिज १८ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शतक प्रहार गरेका दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले १-१ विकेट लिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय १० रनमा अविजित रहे । दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए । दीपेन्द्रले सैद अजिजलाई अन्तिम ओभरको चौथो बलमा स्टेटमा सानदार छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

उनी नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए । यसअघि टि२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो ।

योसँगै दीपेन्द्र नेपालबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको भुटानविरुद्ध १ सय ७ रनको कीर्तिमान तोडेका हुन् । ज्ञानेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको इनिङ खेलेका थिए ।

२०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रन बनाएका थिए । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनमा अविजित थिए ।

रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । तल्लोक्रमका आदिल अन्सारी १४ रनमा आउट भए ।

तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू आउट गरे । उनले ८ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए । उनले ९ बलमा ३ चौका प्रहार गरे ।

रोहित मोहम्मद आमिरको बलमा डिपमिडविकेटमा क्याच भएका थिए । मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए । नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको थियो । मलेसिया र पीएनजी दुबैको २-२ अंक भएपछि नेटरनरेटमा माथि रहँदै पीएनजी फाइनलमा पुगेको हो ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.