default_image

2 years ago

April 3, 2022

विश्वकप फाइनल : हेलीको विश्व कीर्तिमानी शतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर तथा विकेटकिपर एलिसा हेलीको सानदार विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी एकदिवसिय महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको छ । क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनायो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो […]

68 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर एलिसा हेलीको सानदार विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी एकदिवसिय महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको छ ।

क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनायो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो ।

ओपनर हेलीले १ सय ३८ बलमा २६ चौकासहित १ सय ७० रनको सानदार शतकीय इनिङ खेलिन् । हेलीको अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो । ओडिआई करिअरको पाँचौं शतक हो । जारी विश्वकपमा हेलीको लगातार दोस्रो शतक हो । हेलीले सेमिफाइनलमा वेस्टइन्डिजविरुद्ध १ सय २९ रनको शतकीय इनिङ खेलेकी थिइन् ।

हेलीले महिला र पुरुष दुबै विश्वकप फाइनलमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएकी छिन् । यसअघि विश्वकप फाइनलमा पुरुषको तर्फबाट २००७ को विश्वकपमा अष्ट्रेलिया एडम गिलक्रिष्टले श्रीलंकाविरुद्ध १ सय ४९ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्की ओपनर राहेल हेन्स ९३ बलमा ७ चौकासहित ६८ रनमा आउट भइन् । पहिलो विकेटका लागि हेन्स र हेलीले २९.१ ओभरमा १ सय ६० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । बेथ मुनीले ४७ बलमा ८ चौकासहित ६२ रन जोडिन् । मेग ल्यानिङले १० र एलिस ऐरीले १७ रन बनाइन् । अन्या श्रुब्सोले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.