4 years ago
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामी टोलीमा फर्किएका छन् । घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाललाई मौका दिएको हो । दुर्भाग्यपूर्ण मलेसियासँगको खेलमा कमलसिंह ऐरीको बायाँ हातको कुमको हड्डी भाचिन पुगेको थियो । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ ।
टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमल १८ औं ओभरमा घाइते भएका थिए । आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार एण्डतर्फको लङअनमा प्रहार गरेको बल रोक्नेक्रममा क्रममा उनी घाइते भएका थिए । बल रोक्न डाइभ हान्ने क्रममा घाँटी मुनि रहने बायाँ भागको ब्यूटी बोन(कुम) मा चोट लागेको थियो ।
नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो । नेपालले लिगमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराएको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले चौथो नम्बरमा ब्याटिङ गर्दै १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]