default_image

2 years ago

April 4, 2022

दीपेन्द्र एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । दीपेन्द्रले ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार […]

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । दीपेन्द्रले ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

दीपेन्द्रपछि पूर्व कप्तान पारस खड्काले ३३ खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ज्ञानेन्द्र मल्लले ४० खेलमा १ शतक र १ अर्धशतकसहित कुल ७ सय ४८ रन बनाएका छन् । हालसम्म ओडिआईमा पनि कुनैपनि नेपाली खेलाडीले १ हजार रनको पूरा गर्न सकेका छैनन् ।

ओडिआईमा नेपालबाट युवा ब्याटर रोहित पौडेलले १७ खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ६ सय २३ रनका साथ शीर्षस्थानमा छन् ।
दीपेन्द्रले शनिबार मलेसियाविरुद्ध आफ्नो टि२० आई करिअरको पहिलो शतक प्रहार गरेका थिए । नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेक्रममा उनले १ सय १० रनको इनिङ खेलेका थिए ।

समग्रमा उनी पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलपछि टि२० आईमा शतक पूर गर्ने चौथो नेपाली खेलाडी हुन् । दीपेन्द्रले टि२० आईमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्समा डेब्यू गरेका थिए । दीपेन्द्र २०१७ देखि नेपाली टोलीबाट मध्यक्रममा पहिलो रोजाईको ब्याटरको रुपमा खेल्दै आएका छन् ।

पछिल्लो समय टोलीको प्रमुख अलराउन्डर हुन् । दीपेन्द्रले स्पिनरमा पार्टटाइम बलरको भूमिका निर्वाह गर्दा नेपालले आफ्नो प्लेइङ ११ मा एक मात्र प्रमुख स्पिनर खेलाउँदै आएको छ । दीपेन्द्रले २०१८ मा नै नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । ओडिआईमा दीपेन्द्रले १६ खेलमा १ शतकसहित कुल २ सय ९१ रन बनाएका छन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.