default_image

4 years ago

April 6, 2022

सूर्यको अर्धशतकमा मुम्बईको मध्यम योगफल

208 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर सूर्य कुमार यादवको अर्धशतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । मुम्बईका सूर्य कुमार यादवले ३६ बलमा ५ चौका र २ छक्कासहित ५२ सर्वाधिक रनमा अविजित रहे । सूर्यले जारी सिजनको पहिलो खेल खेल्दै अर्धशतक बनाएका हुन् ।

युवा ब्याटर तिलक बर्मा २७ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे । चौथो विकेटका लागि सूर्य र तिलकले ४९ बलमा ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । ओपनर तथा कप्तान रोहित शर्माले १२ बलमा ३ रन मात्र बनाउन सके । रोहित उमेश यादवको बलमा एज लागेर विकेटकिपर साम बिलिंग्सबाट क्याच भए ।

डेब्यू खेल खेलेका डेवाल्ड ब्रेभिस १९ बलमा २ चौका र २ छक्कासहित २९ रन जोड्दै राम्रो प्रभाव छाडे । उनी स्पिनर बरुण चक्रवर्तीको बलमा विकेटकिपर बिलिंग्सबाट स्टम्पिङ आउट भए । ईशान किशन २१ बल खेल्दै १४ रनमा क्याच भए । अन्तिममा काइरन पोलार्ड ५ बलमा ३ छक्कासहित २२ रनमा अविजित इनिङ खेले ।

कोलकाताका प्याट कमिन्सले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । उमेश यादव र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.