4 years ago
April 7, 2022
एजेन्सी – अष्ट्रेलियाका टेस्ट कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका छन् ।

१ सय ६२ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा कमिन्सले १४ बलमै अर्धशतक पूरा गर्दै कोलकातालाई १६ ओभरमै जित दिलाए । ५ विकेटको सानदार जित निकाल्न कमिन्सले १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेले । १४ बलमै कमिन्सले अर्धशतक पूरा गरेका थिए । आइपिएल इतिहास कै सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान बराबरी हो ।
सन् २०१८ मा पन्जाब किंग्सका लोकेश राहुलले दिल्ली क्यापिटल्सविरुद्ध पनि १४ बलमै अर्धशतक पूरा गरेका थिए । कमिन्स १४ औं ओभरको दोस्रो बलमा मैदान प्रवेश गरेका थिए । तीव्र गतिका बलर टाइमल मिल्सको १४ औं ओभरको पहिलो बलमा आन्द्रे रसेल एज लागेर प्वाइन्टमा डेवाल्ड ब्रेभिसबाट ११ रनमा क्याच भएपछि कमिन्स मैदान छिरेका थिए ।

त्यसपछि कमिन्सले बाउन्ड्रीको वर्षा बनाए । त्यसै ओभरको पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरे । १५ औं ओभरको चौथो बलमा कमिन्सले जस्प्रित बुमराहलाई छक्का र पाँचौं बलमा चौका प्रहार गरे ।
कमिन्सले १६ औं ओभरमा तीव्र गतिका बलर ड्यानियल साम्सलाई ४ छक्का र २ चौका प्रहार गर्दै कुल ३५ रन जोडेपछि आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबरी गरेका थिए । कमिन्सले आफ्नै देशका साम्सलाई पहिलो बलमा लङअनमा छक्का प्रहार गर्दा अर्को बलमा मिडविकेटमा चौका प्रहार गरे ।
त्यसपछि डिम मिडविकेट र फाइन लेगमा लगातार दुई छक्का प्रहार गरेका थिए । पाँचौं बलमा कमिन्स सूर्यबाट लङअफमा क्याच भए । सूर्यले छक्का बचाउँदै उत्कृष्ट क्याच लिएका थिए । जसको कारण १३ बलमै अर्धशतक हुन पाएन । तर नो बलको कारण जीवनदान पाए । पाँचौं बलमा कमिन्सले चौका प्रहार गर्दै १४ बलमा आफ्नो आइपिएल इतिहासमा तेस्रो अर्धशतक पूरा गरेका थिए ।

अन्तिम बलमा छक्का प्रहार गर्दै कोलकातालाई ४ ओभर अगावै जित दिलाए । यसअघि कोलकाताबाट युसुफ पठानले २०१४ मा सनराइजर्स हैदराबादविरुद्ध र सुनिल नारायणले बेंगलोरविरुद्ध २०१७ मा समान १५ बलमा अर्धशतक प्रहार गरेका थिए । साम्स आइपिएलमा एकै ओभरमा सर्वाधिक रन खाने तेस्रो बलर हुन् । बेंगलोरका हर्षल पटेल र प्रशान्त परमेश्वरनले एकै ओभरमा ३७–३७ रन खर्चेका थिए ।
कमिन्सले जारी आइपिएलमा पहिलो खेल खेलेका हुन् । पाकिस्तानसँगको तीन टेस्ट खेलेर फर्किएको हुँदा सुरुवाती तीन खेल गुमाएका थिए । कमिन्सलाई यस पटक अक्सनमा कोलकाताले ७.२५ करोड भारुमा किनेको थियो । २०२० मा कोलकाताले अक्सनमा १५ करोड ५० लाख भारुमा किनेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]