default_image

4 years ago

April 7, 2022

वार्नर र नोर्किया उपलब्धसँगै मजबुत दिल्ली

215 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १५ औं खेलमा आज दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा डिवाई पाटिल स्र्पोट्स एकेडेमीमा सुरु हुनेछ ।

दिल्ली २ खेलमा १ मा जित र १ मा हार सहित सातौं स्थानमा छ । लखनऊ सुपर जायन्ट्स ३ खेलमा २ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । दिल्लीको ऋषभ पन्त र लखनऊको लोकेश राहुलले कप्तानी गर्नेछन् । दिल्लीका प्रमुख दुई खेलाडी डेविड वार्नर र तीव्र गतिका बलर एनरिच नोर्किया आजको खेलमा उपलब्ध हुनेछन् ।

यी दुई प्रमुख खेलाडीको आगमनले दिल्ली मजबुत बन्नेछ । वार्नर सनराजर्स हैदराबाद छोड्दै दिल्लीबाट खेल्न लागेका हुन् । विश्वका एक आक्रामक बायाँ हाते ओपनर वार्नर ठूला इनिङको लागि चिनिन्छन् । तीन पटकका ओरेन्ज क्याप विजेता वार्नर उच्च लयमा छन् । गत नोभेम्बरमा अष्ट्रेलिायालाई टि२० विश्वकप जिताउन वार्नर सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनको उपलब्धाताले दिल्लीको शीर्षस्थान मजबुत बन्नेछ ।

वार्नरले टिम सिफर्टको स्थान लिनेछन् । सिफर्ट मुम्बईसँग २१ र गुजरात टाइटन्ससँग ३ रनमा आउट भएका थिए । वार्नर पृथ्वी शा ले ओपनिङ गर्नेछन् । दायाँ र बायाँ हातको सन्तुलन मिल्ने हुँदा दिल्लीको शीर्षक्रम मजबुत बन्नेछ । मन्दीपसिंह, ऋषभ पन्त र ललित यादवले मध्यक्रम सम्हाल्नेछन् । पन्तको इनिङ महत्वपूर्ण हुनेछ ।

रोभम्यान पावेल सुरुवाती दुई खेलमा चलेका छैनन् । उनलाई थप विश्वास गर्ने सम्भावनाछ । नोर्किया उपलब्ध हुँदा तीव्र गतिको बलिङ युनिट पनि मजबुत बन्नेछ । नोर्किया तीव्र गतिको बलिङको लागि चिनिन्छन् । नोर्किया र मुस्ताफिजुर रहमानको जोडी जम्नसक्छ । शार्दुल ठाकुर तेस्रो तीव्र गतिका बलर हुन् । स्पिनरमा कुलदीप यादव र अक्षर पटेल हुनेछन् । लोकेश राहुल र क्विन्टन डि कक लखनऊका ओपनर हुन् ।

एविन लेविस चेन्नईलाई हराउन नायक बनेका थिए । उनी आक्राम ब्याटिङ गर्ने हुँदा दिल्लीका बलरलाई टाउको दुखाई बन्नसक्छन् । मनिष पाण्डेलाई भने राम्रो प्रदर्शनको दबाब हुनेछ । युवा स्टार आयुष बदोनी र दीपक हुडाले लगातार उच्च प्रदर्शन गरेका छन् । यी दुई खेलाडीले गर्दा मध्यक्रम मजबुत बनेको छ ।

अष्ट्रेलिया स्टार अलराउन्डर मार्कस स्टोइनिस आजको खेलमा उपलब्ध हुनेछन् । स्टोइनिस उपलब्ध हुँदा लखनऊ पनि बलियो बन्नेछ । स्टोइनिस फिनिसरको रुपमा खेल्न सक्छन् । उनीसँग त्यो क्षमता पनि छ । टि२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई हराउन स्टोइनिस नायक बनेका थिए ।

विष्फोटक र मध्यगतिमा बलिङ गर्ने हुँदा लखनऊलाई थप अतिरिक्त फाइदा पुग्नेछ । स्टोइनिस दिल्लीका पूर्व खेलाडी हुन् । उनलाई दिल्लीको कमजोरी अझ थाहा छ । तल्लोक्रममा जेसन होल्डर र क्रुनाल पान्ड्या हुँदा ब्याटिङमा गहिराई हुनेछ । यी दुई टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.