default_image

4 years ago

April 7, 2022

द प्याट्रीयट्र्स कप हुँदै, दुई खेलाडीले इपिएल खेल्न पाउने

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को फ्रेन्चाइज टोली ललितपुर प्याट्रीयटर्सले द प्याट्रीयटर्स कप वार्षिक अन्तर कलेज टि२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता चैत २६ देखि वैशाख ३ (अप्रिल ९ देखि १६) सम्म मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

बिहीबार ललितपुरले एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । प्रतियोगितामा ८ कलेजले भाग लिनेछन् । ललितपुरका सिईओ निरज कोइरालाले यस प्रतियोगिताका दुई उत्कृष्ट खेलाडी इपिएल २०२२ को लागि ललितपुरको टोलीबाट खेल्न पाउने बताएका छन् ।
अर्थात इपिएलमा ललितपुरले ट्यालेन्ट हन्टबाट लिने ४ मध्य दुई खेलाडी यसै प्रतियोगिताको आधारमा लिनेछ ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीले सोझैं इपिएल खेल्न पाउनेछन् । खेलाडी भने जुनसुकै स्तर खेलेका पनि खेल्न पाउनेछन् । तर कलेजको विद्यार्थी भने हुनुपर्नेछ । प्रतियोगिता व्यवस्थापन भने अल्फा स्पोटर््स एकेडेमी बाफलले गर्नेछ । ललितपुरका सिइओ निरजका अनुसार प्रतियोगिता कुल खर्च २२ देखि २५ लाख लाग्नेछ ।

प्रतियोगितामा ८ सहभागी कलेजलाई २ समूहमा विभाजन गरिनेछ । कुल १५ खेल हुनेछन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) हुनेले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा गोल्डेन गेट इन्टरनेशनल कलेज, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, एपेक्स कलेज, ब्लू बर्ड कलेज, टेक्सास इन्टरनेशल कलेज, मोर्गन इन्टरनेशल कलेज, एडभान्स एकेडेमी र ओमेगा कलेज सहभागी छन् । इपिएल २०१८ को च्याम्पियन फ्रेन्चाइज टोली हो । यस सिजनको इपिएलमा भने ललितपुर १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा रहेर बाहिरिएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.