default_image

4 years ago

April 7, 2022

पहिला ब्याटिङ गर्दै दिल्ली, टोलीमा तीन परिवर्तन

286 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १५ औं खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । डिवाई पाटिल स्र्पोट्स एकेडेमीमा लखनऊका कप्तान लोकेश राहुलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

लखनऊले आजको खेलमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर मनिष पाण्डे आजको खेलमा टोलीमा छैनन् । उनको स्थानमा कृष्णाप्पा गौथमलाई मैदान उतारेको छ । दिल्लीले आजको खेलमा तीन परिवर्तन गरेको छ । दिल्लीका ओपनर डेविड वार्नर र तीव्र गतिका बलर एनरिच नोर्कियाले यस सिजनको पहिलो खेल खेल्ने भएका छन् । दिल्लीले आज वार्नर, नोर्किया र शरफराज खानलाई प्लेइङ ११ मा मैदान उतारेको छ । खलिल अहमद, टिम सिफर्ट र मन्दीप सिंहलाई बेन्चमा राखेको छ ।

दिल्ली २ खेलमा १ मा जित र १ मा हार सहित सातौं स्थानमा छ । लखनऊ सुपर जायन्ट्स ३ खेलमा २ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । वार्नर सनराजर्स हैदराबाद छोड्दै दिल्लीबाट खेल्न लागेका हुन् । विश्वका एक आक्रामक बायाँ हाते ओपनर वार्नर ठूला इनिङको लागि चिनिन्छन् । तीन पटकका ओरेन्ज क्याप विजेता वार्नर उच्च लयमा छन् ।

गत नोभेम्बरमा अष्ट्रेलिायालाई टि२० विश्वकप जिताउन वार्नर सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनको उपलब्धाताले दिल्लीको शीर्षस्थान मजबुत बन्नेछ ।

दिल्लीको प्लेइङ ११ :

पृथ्वी शा, डेविड वार्नर, शरफराज खान, ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), अक्षर पटेल, एनरिच नोर्किया, ललित यादव, रोभम्यान पावेल, शार्दुल ठाकुर, कुलदीप यादव र मुस्ताफिजुर रहमान ।

लखनऊको प्लेइङ ११ :

लोकेश राहुल (कप्तान) क्विन्टन डि कक, (विकेटकिपर), कृष्णाप्पा गोथम, इविन लेविस, दीपक हुडा, आयुष बदोनी, क्रुनाल पान्ड्या, जेसन होल्डर, एन्ड्र टाइ, रवि विश्रोई र आवेश खान

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.