default_image

4 years ago

April 7, 2022

लखनऊलाई दिल्लीको मध्यम लक्ष्य

159 views

0 Bookmark

एजेन्सी – ओपनर पृथ्वी शाको अर्धशतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । कप्तान ऋषभ पन्त ३६ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । शरफराज खान २८ बलमा ३ चौका ३६ रनमा अविजित रहे ।

सिजनको पहिलो खेल खेलेका ओपनर डेविड वार्नर १२ बलमा ४ रनमा आउट भए । वार्नर स्पिनर रवि विश्रोईको बलमा आयुष बदोनीबाट क्याच भए । विश्रोईले रोभम्यान पावेललाई ३ रनमा बोल्ड आउट गरे । दिल्लीलाई ओपनर पृथ्वी शा र वार्नरले पहिलो विकेटका लागि ७.३ ओभरमा ६७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

तर ७ रन जोड्न तीन विकेट गुमाएपछि समस्यामा परेको थियो । चौथो विकेटका लागि पन्त र शरफराज खानले ५७ बलमा ७५ रनको अविजित साझेदारी गरेका थिए । लखनऊका लेग स्पिनर रवि विश्रोईले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । स्पिनर कृष्णाप्पा गोथमले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.