4 years ago
April 8, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सले आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ ।

स्टार अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात जारी आइपिएलको एक्लो अपराजित टोली हो । गुजरातले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेट र दिल्लीलाई १४ रनले हराएको थियो । गुजरात लगातार तेस्रो जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा हुनेछ । गुजरात ४ अंकका साथ चौथो स्थानमा छ ।
पन्जाब किंग्स ३ खेलमा जित र १ मा हार सहित ४ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको थियो । कोलकातासँग ६ विकेटले पराजित हुँदा चेन्नई सुपर किंग्सलाई ५४ रनले हराएको थियो ।
चेन्नईलाई हराउन लियाम लिभिङस्टोनले ३२ बलमा ५ चौका र ५ छक्कासहित ६० रनको इनिङ खेल्नुको साथै २ विकेट लिएका थिए ।

ठूला सटका लागि चर्चित इंग्ल्यान्डका ब्याटर लिभिङस्टोनको प्रदर्शन पन्जाबको लागि महत्वपूर्ण हुनेछ । श्रीलंका ब्याटर भानुका राजपक्षेले आक्रामक सुरुवात गर्दै आएका छन् । ओपनर मयंक अग्रवाल र शिखर धवन हुनेछन् । राम्रो सुरुवात पाउँदा शाहरुख खान र ओडेन स्मिथले विष्फोटक अन्त्य गर्न सक्छन् । तीव्र गतिका बलर कागिसो रबाडा पन्जाबका प्रमुख बलिङ हतियार हुन् । स्पिनर राहुल चाहर पनि घातक बन्न सक्छन् ।
यता गुजरातका तीव्र गतिका बलर लोकी फर्गुसन र मोहम्मद शामीको जोडी जमेको छ । चेन्नईलाई हराउन फर्गुसनले ४ विकेट लिएका थिए । फर्गुसन आफ्नो गतीमा पनि ब्याटरलाई दबाबमा राख्न सक्छन् । शामीले नयाँ बलका साथ राम्रो प्रदर्शन गर्दै आएका छन् । चेन्नईविरुद्ध ओपनर शुभमन गिलले ८४ रनको इनिङ खेलेका थिए ।
ओपनर गिल र म्याथ्यू वेडको प्रदर्शन महत्वपूर्ण हुनेछ । हार्दिक पान्ड्या, डेविड मिलर र विजय शंकर मध्यक्रमका ब्याटर हुन् । राहुल टेवाटिया फिनिसरको रुपमा खेल्नेछन् । हार्दिक, शामी र फर्गुसन गुजरातका प्रमुख हतियार हुन् ।
अंक तालिका
कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।
गुजरात राइटन्स दुई खेलमा २ मा नै जितका साथ चौथो स्थानमा छ । समान ४ अंकका साथ पन्जाब पाँचौं र बेंगलोर छैटौं स्थानमा छन् । दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । अंक विहीन चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद क्रमश : आठौं, नवौं र १० औं स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]