default_image

4 years ago

April 8, 2022

लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा गुजरातलाई कठिन लक्ष्य

220 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर लियाम लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सलाई १ सय ९० रनको कठिन लक्ष्य दिएको छ ।

ब्रबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । पन्जाबका लिभिङस्टोनले २७ बलमा ७ चौका र ४ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेले । ओपनर शिखर धवन ३० बलमा ४ चौकासहित ३५ रनमा आउट भए ।

अन्य भने कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर तथा कप्तान मयंक अग्रवाल ५ र जोनी बेयरस्टो ८ रनमा आउट भए । जितिश शर्मा ११ बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए । शाहरुख खन १५ र ओडेन स्मिथ गोल्डेन डक आउट भए ।
राहुल चाहर १४ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।

अर्शदीप सिंह १० रन जोडे । अन्तिम विकेटका लागि राहुल र अर्शदीपले १३ बलमा २७ रनको साझेदारी गरेका थिए । गुजरातका राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । दर्शन नालकाण्डेले ३ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पान्ड्या र लोकी फर्गुसनले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.