4 years ago
April 8, 2022
एजेन्सी – राहुल टेवाटियाले अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गरेसँगै गुजराट टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै लगातार तेस्रो जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

गुजरातलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो । जितको लागि अन्तिम दुई बलमा १२ रन चाहिँएको अवस्थामा राहुल टेवाटियाले लगातार दुई छक्का प्रहार प्रहार गर्दै रोमान्चक जितका साथ अपराजित यात्रा कायमै राखे ।
पहिलो बलमा तीव्र गतिका बलर ओडेन स्मिथले वाइड फ्याल्दा अर्को हार्दिक पान्ड्या २७ रनमा रन आउट भए । १८ बल खेलेका पान्ड्याले ५ चौका प्रहार गरे । दोस्रो बलमा राहुल ट्वाटियाले १ रन बटुलेपछि गुजरातको जित कठिन बनेको थियो । तेस्रो बलमा डेविड मिलरले डीप स्क्वायर लेगमा चौका प्रहार गर्दा खेल थप रोचक बनेको थियो ।
अन्तिम ३ बलमा १३ रन चाहिँएको थियो । चौथो बलमा एक रन बटुलेपछि बाँकी दुई बलमा दुई छक्का आवश्यक परेको थियो । पाँचौं र छैटौं बलमा राहुल टेवाटियाले छक्का प्रहार गर्दै जित पक्का गराए ।

१ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा युवा ओपनर गिलले ५९ बलमा ११ चौका र १ छक्कासहित ९६ रनमा आउट भए । उनी आइपिएल र टि२० करिअरको पहिलो शतक बनाउन चार रनले चुकेका थिए ।
कागिसो रबाडाको १९ औं ओभरको चौथो बलमा एक्स्ट्रा कभरमा मयंक अग्रवालबाट क्याच भएपछि शतकबाट चुकेका थिए । गिलले अघिल्लो खेलमा दिल्लीविरुद्ध ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
दोस्रो विकेटका लागि गिल र साई सुदर्शनले ६८ बलमा १ सय १ रनको शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए । डेब्यू खेल खेलेका सुदर्शनले ३० बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाए । सुदर्शन स्पिनर राहुल चाहरको बलमा कभरमा अग्रवालबाट क्याच हुन पुगेका थिए । ओपनर म्याथ्यु वेड ६ रनमै आउट भएपनि उनले गिललाई राम्रो साथ दिएका थिए ।

गुजरातलाई अन्तिम १८ बलमा जितको लागि ३७ रन आवश्यक पर्दा हातमा ८ विकेट थियो । १८ औं ओभरमा अर्शदीप सिंहले ५ रन मात्र खर्चेपछि अन्तिम १२ बलमा ३२ रन चाहिँएको थियो । १९ औं ओभरमा कागिसो रबाडाले दुई चौकासहित १ विकेट लिँदै १३ रन खर्चिए । राहुल ट्वाटिया ३ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे । कागिसो रबाडाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । राहुल चाहरको नाममा १ विकेट रह्यो ।
त्यसअघि ब्रबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । पन्जाबकालागि मध्यक्रमका ब्याटर लिभिङस्टोनले २७ बलमा ७ चौका र ४ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेले । उनको लगातार दोस्रो अर्धशतक हो । यसअघि चेन्नईविरुद्ध उलने ६० रनको इनिङ खेलेका थिए ।

ओपनर शिखर धवन ३० बलमा ४ चौकासहित ३५ रनमा आउट भए । अओपनर तथा कप्तान मयंक अग्रवाल ५ र जोनी बेयरस्टो ८ रनमा आउट भए । जितिश शर्मा ११ बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए । शाहरुख खन १५ र ओडेन स्मिथ गोल्डेन डक आउट भए । राहुल चाहर १४ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।
अर्शदीप सिंह १० रन जोडे । गुजरातका लेगस्पिनर राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । दर्शन नालकाण्डेले ३ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पान्ड्या र लोकी फर्गुसनले १–१ विकेट लिए ।
पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको थियो । कोलकातासँग ६ विकेटले पराजित हुँदा चेन्नई सुपर किंग्सलाई ५४ रनले हराएको थियो । पन्जाबले अव बुधबार मुम्बईसँग खेल्नेछ । मुम्बई सुरुवाती तीन खेलमा अंक बिहीन बनेको छ ।
गुजरातले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेट र दिल्लीलाई १४ रनले हराएको थियो । गुजरातले अव सोमबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । हैदराबाद सुरुवाती दुबै खेलमा जित बिहीन छ ।
अंक तालिका
कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । गुजरात ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित चौथो स्थानमा छ ।
बेंगलोर ३ खेलमा २ मा जित र १ मा हारसहित पाँचौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । अंक विहीन चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद क्रमश स् आठौं, नवौं र १० औं स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]