4 years ago
April 10, 2022
एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब सुरुवात गरेको छ । चेन्नईले सुरुवाती चार खेलमा चारमा नै हार बेहोरेको छ ।

कुनैपनि सिजनमा चेन्नईले सुरुवाती दुबै खेल हारेको इतिहास थिए । तर यस पटक सुरुवाती चार खेलमा नै जित बिहीन बनेको छ । चेन्नईले लगातार चार हार सन् २०१० पछि पहिलो पटक बेहोरेको हो । आइपिएलमा सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले नेतृत्व छाडेपछि चेन्नईले इतिहासकै खराब सुरुवात गरेको छ । पहिलो पटक रविन्द्र जडेजाले कप्तानी गरेपनि सुरुवात भने राम्रो हुन सकेको छैन ।
चेन्नई शनिबार सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भयो । चेन्नई पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ६–६ विकेटले पराजित भएको थियो । जुन चेन्नईको इतिहासमा पहिलो पटक सुरुवाती दुबै खेल गुमाएको थियो । तेस्रो खेलमा पन्जाब किंग्ससँग ५४ रनले पराजित भएको थियो ।

चेन्नईले २०१० मा लगातार चार खेलमा पराजित भएपनि उत्कृष्ट पूनरागमनका साथ पहिलो उपाधि जितेको थियो । त्यसवर्ष चेन्नईले सुरुवाती ७ मध्य ५ खेलमा हारेको थियो । फाइनलमा मुम्बईलाई २२ रनले हराउँदै पहिलो उपाधि जितेको थियो । २०११ मा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५८ रनले हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो ।
त्यसपछि २०१८ र २०२१ मा चेन्नईले उपाधि जितेको थियो । चेन्नईअघि मुम्बई इन्डियन्सले मात्र ५ पटक उपाधि जितेको छ । साविक विजेता चेन्नई आइपिएलमा ९ पटक फाइनल खेलेको छ । चेन्नई आइपिएल इतिहासमा एक पटक मात्र २०२० मा पहिलो चरणबाटै बाहिरिएको थियो । २०२० मा सुरुवाती चार मध्य एक खेलमा जित निकालेको थियो ।

धोनीले २००८ देखिनै चेन्नईको आइपिएलको कप्तानी गर्दै एक सर्वाधिक सफल टोलीको छाप छाडेका थिए । चेन्नई २००८, २०१२, २०१३ र २०१५, २०१९ को फाइनलमा पराजित भएको थियो । २००९ मा सेमिफाइन र २०१४ मा तेस्रो हुँदै बाहिरिएको थियो । स्पोट फिक्सिङको कारण २०१६ र २०१७ मा भने चेन्नई र राजस्थानलाई प्रतिबन्ध लागेको थियो ।
चेन्नईको कमजोर प्रदर्शन किन ?
चेन्नईको कमजोर प्रदर्शनको प्रमुख कारण धोनीले कप्तानी छाड्नु हो । मेगा अक्सनमा नयाँ टिम निर्माणमा ध्यान नदिनु अर्को कारण देखिन्छ । चेन्नईसँग एक्लै खेललाई मोड्न सक्ने खुबी भएको खेलाडी देखिदैन । बुढा खेलाडीको बाहुल्यता भएको चेन्नईले अक्सनमा ब्याटिङमा ठूला खेलाडी भित्र्याउन सकेन । प्रमुख ओपनर ऋतुराज गायकवाड पनि चल्न सकेका छैनन् । चेन्नईको शीर्षक्रम ब्याटिङ धेरै कमजोर देखिएको छ ।

तीव्र गतिको बलिङ चेन्नईको यस सिजनमा सबैभन्दा कमजोर देखिन्छ । अक्सनमा दीपक चाहरलाई १४ करोड भारु खर्चेपनि उनी चोटका कारण उपलब्ध हुन सकेका छैनन् । अक्सनमा स्टार ब्याटर र बलर नकिन्दा यस पटक खराब प्रदर्शन गरेको हो । चेन्नईलाई प्ले अफमा पुग्न अव बाँकी १० मध्य कम्तिमा ७ खेल जित्नै पर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]