4 years ago
April 10, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत आजको दोस्रो खेलमा दुई बलिया टोली लखनऊ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । लखनऊ सानदार जितका साथ शीर्षस्थानमा उक्लिन चाहन्छ । राजस्थान तेस्रो जित निकाल्ने सोचमा हुनेछ । लोकेश राहुलको कप्तानीमा रहेको लखनऊ ४ खेलमा ३ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । राजस्थान ३ खेलमा २ मा जित र १ मा हारसहित पाँचौं स्थानमा छ ।
राजस्थानका ओपनर जस बटलर उच्च लयमा छन् । बटलरले मुम्बईविरुद्ध १ सय र बेंगलोरविरुद्ध ७० रनको इनिङ खेलेका थिए । बटलरलाई अर्का ओपनर यशस्वी जैसवालले साथ दिनेछन् । देवदत्त पाडिक्कल, सन्जु स्यामसन, शिम्रन हेटमायर र रियान पराग जस्ता खेलाडी टोलीमा हुँदा ब्याटिङ मजबुत छ । हेटमायर, बटलर र स्यामसन तीनै खेलाडी आक्रामक ब्याटिङको लागि चिनिन्छन् ।

यस सिजनकै उत्कृष्ट बलिङ आक्रामण देखिएको राजस्थानमा ट्रेन्ट बोल्ट, नवदीप सैनी र प्रसिद्ध कृष्णा जस्ता तीव्र गतिका बलर छन् । स्पिनरमा युजभेन्द्र चाहल र रविचन्द्रन आश्विन छन् । यता लखनऊमा राहुल र क्विन्डन डिकक ओपनर हुन् । यी दुई ओपनरको प्रदर्शनले धेरै महत्व राख्नेछ ।
पछिल्लो खेलमा दिल्लीलाई हराउन डि ककले ८० रनको इनिङ खेलेका थिए । एविन लेविस, दीपक हुडा, आयुष बदोनी र क्रुनाल पान्ड्या मध्यक्रमका हतियार हुन् । युवा स्टार बदोनीले फिनिसरको भूमिका निर्वाह गर्दै आएका छन् । हुडा र बदोनीको उच्च प्रदर्शनले थप मजबुत बनेको छ । एन्ड्रुय टाईको स्थानमा मार्कस स्टोइनिसलाई मौका दिनसक्छ ।

मार्कस स्टोइनिस र जेसन होल्डर जस्ता अलराउन्डर हुँदा मजबुत बनेको छ । स्पिनर रवि विश्रोईले मध्यक्रममा लगातार विकेट लिँदै आएका छन् । तीव्र गतिका बलर आवेश खान पनि त्यतिनै राम्रो लयमा छन् । यस सिजनका दुई बलिया टोली राजस्थान र लखनऊबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।
अंक तालिका
कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । गुजरात ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । समान ६ अंक भएपनि शीर्ष चार नेटरनरेटको आधारमा निर्धारण भएको छ ।
राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । समान ४ खेल जित विहीन मुम्बई नवौं र चेन्नई पुछारमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]