4 years ago
April 10, 2022
एजेन्सी – ओपनर डेविड वार्नर र पृथ्वी शाको अर्धशतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय १६ रनको विशाल लक्ष्य दिएको छ ।

ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनायो । दिल्लीका डेविड वार्नरले ४५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए ।
अर्का ओपनर पृथ्वी शाले २९ बलमा ७ चौका र २ छक्कासहित ५१ रनको आक्रामक सुरुवात दिलाएका थिए । शा स्पिनर बरुण चक्रवर्तीको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि शा र वार्नरले ८.४ ओभरमा ९३ रनको साझेदारी गर्दै आक्रामक उत्कृष्ट सुरुवात दिलाएका थिए । वार्नर उमेद यादवको बलमा डिप मिडविकेटमा अजिक्या रहाणेबाट क्याच भए ।

१३ ओभरमा दिल्ली १४८–२ को अवस्थामा थियो । तर बाँकी ३० बलमा ३ विकेट गुमाउँदै मात्र २८ रनमात्र जोडेको थियो । कप्तान ऋषभ पन्त १४ बलमा २ चौका र २ छक्कासहित २७ रनमा क्याच आउट भए । ललित यादव १ र रोभम्यान पावेल ८ रनमा आउट भए ।
तल्लोक्रमका शार्दुल ठाकुरले ११ बलमा १ चौका र ३ छक्कासहित २९ रनको अविजित इनिङ खेले । अक्षर पटेल १४ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।
कोलकाताका स्पिनर सुनिल नारायणले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । बरुण चक्रवर्ती र उमेद यादवको नाममा १–१ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]