4 years ago
April 10, 2022
एजेन्सी – स्पिनर कुलदीप यादव र तीव्र गतिका बलर खलिल अहमदको उत्कृष्ट बलिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडसलाई ४४ रनले पराजित गरेको छ ।

जितका लागि २ सय १६ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । कोलकाताका कप्तान श्रेयस ऐरले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए । आन्द्रे रसेल २१ बलमा ३ चौकासहित २४ रन बनाए । अन्य ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् ।
दिल्लीलाई तीव्र गतिका बलर खलिल अहमदले उत्कृष्ट सुरुवात दिलाएका थिए । खलिलले ओपनर अजिक्या रहाणेलाई ८ र वेंकटेश ऐरलाई १८ रनमा क्याच गराउँदै ४.४ ओभरमा ३८–२ को अवस्थामा पुर्याए । त्यसपछि नितिश राणाले २० बलमा ३ छक्कासहित ३० रन बनाउँदै आउट भए ।
राणा ललित यादवको बलमा पृथ्वी शाबाट लङअनमा समातिन पुगे । श्रेयस ऐर कुलदीप यादवको १३ औं ओभरको पाँचौं बलमा स्टम्पिङ आउट भएपछि कोलकाताको जित कठिन बनेको थियो । पछिल्लो खेलमा मुम्बईविरुद्ध १४ बलमै विष्फोटक अर्धशतक प्रहार गरेका प्याट कमिन्स कुलदीपको बलमा ४ रनमा एलबीडब्लू आउट भए ।

कोलकातालाई जितको लागि अन्तिम ३० बलमा ७९ रनको आवश्यक परेको थियो । तर १६ औं ओभरमा कुलदीपले तीन विकेट लिएपछि कोलकाताको जितको सम्भावना टाढिएको थियो । कुलदीपले तेस्रो बलमा कमिन्स, पाँचौं बलमा सुनिल नारायण र छैटौं बलमा उमेश यादवलाई आउट गरे । नारायण ४ र उमेश गोल्डेन डक आउट भए ।
दिल्लीका स्पिनर कुलदीप यादवले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुरले २.४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । दिल्लीका डेविड वार्नरले ४५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए ।

अर्का ओपनर पृथ्वी शाले २९ बलमा ७ चौका र २ छक्कासहित ५१ रनको आक्रामक सुरुवात दिलाएका थिए । शा स्पिनर बरुण चक्रवर्तीको बलमा बोल्ड भए । पहिलो विकेटका लागि शा र वार्नरले ८.४ ओभरमा ९३ रनको साझेदारी गर्दै आक्रामक उत्कृष्ट सुरुवात दिलाएका थिए । वार्नर उमेद यादवको बलमा डिप मिडविकेटमा अजिक्या रहाणेबाट क्याच भए ।
१३ ओभरमा दिल्ली १४८–२ को अवस्थामा थियो । तर बाँकी ३० बलमा ३ विकेट गुमाउँदै मात्र २८ रनमात्र जोडेको थियो । त्यसपछि शार्दुल ठाकुर र अक्षर पटेलले अन्तिममा आक्रामक अन्त्य गर्दै २ सय रनको योगफल कटाएका थिए । कप्तान ऋषभ पन्त १४ बलमा २ चौका र २ छक्कासहित २७ रनमा क्याच आउट भए । ललित यादव १ र रोभम्यान पावेल ८ रनमा आउट भए ।

शार्दुल ठाकुरले ११ बलमा १ चौका र ३ छक्कासहित २९ रनको अविजित इनिङ खेले । अक्षर पटेल १४ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे । कोलकाताका स्पिनर सुनिल नारायणले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । बरुण चक्रवर्ती र उमेद यादवको नाममा १–१ विकेट रह्यो ।
कोलकाताले अव शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । दिल्लीले अव शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।
अंक तालिका
कोलकाता नाइट राइडर्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । गुजरात ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । समान ६ अंक भएपनि शीर्ष चार नेटरनरेटको आधारमा निर्धारण भएको छ ।
राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । समान ४ खेल जित विहीन मुम्बई नवौं र चेन्नई पुछारमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]