4 years ago
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने उच्च सम्भावना बनेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ । जसमा नेपालको सिधैं विश्वकप खेल्न पाउने उच्च सम्भावना छ । २०२४ देखि टि२० विश्वकपमा २० टोली हुनेछन् । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् ।
अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा स्वत: छनोट हुनेछन् । सन् २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरीयता अनुसार त्यसपछिका शीर्ष २ टोली विश्वकपमा हुनेछन् । बाँकी ८ देश पाँच क्षेत्रको विभिन्न छनोट खेलेर आउने छन् । वरियता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।
नेपाल वर्तमान समयमा टि२० विश्वकपमा १२ औं स्थानमा छ । जसले गर्दा नेपालको सम्भावना उच्च देखिन्छ । यदि वेस्टइन्डिज यस वर्ष हुने टि२० विश्वकपमा शीर्ष ८ मा परेको खण्डमा वरियताको आधारमा तीन टोली २०२४ को विश्वकप खेल्नेछन् । नेपालले अहिलेको वरियतालाई कायम राखे स्वतः छनोट हुनेछ ।

अझै सुधार गरेको खण्डमा भने झनै सहज हुने देखिन्छ । वरियता शीर्ष दुई टोलीमा नेपाल सबैभन्दा बढी सम्भावना भएको देशमा देखिएको छ । नेपालले वरियता सुधारमा ध्यान दिनुपर्ने हुन्छ ।
नेपाल वरियताको आधारमा छनोट हुन नसके एसिया छनोट खेल्नु पर्ने हुन्छ । एसिया क्षेत्र छनोटबाट दुई टोलीले स्थान बनाउने छन् । टि२० विश्वकपको ग्लोबल छनोट भने हुने छैन ।
८ क्षेत्र मध्य अफ्रिका, युरोप र एसिया क्षेत्रको छनोटबाट दुई दुई देश विश्वकपमा पुग्नेछन् । अमेरिका र इएपि क्षेत्रबाट १-१ टोली आउने छन् । नेपालले पहिलो पटक २०१४ मा पारस खड्काको कप्तानीमा टि२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले तीन विश्वकपको अवसर गुमाएको छ ।
नेपालले दुई महिना अघि ओमानमा सम्पन्न आइसिसी टि२० विश्वकप छनोट ए मा सेमिफाइनलमा युएईसँग पराजित हुँदै यसै वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने अवसर गुमाएको थियो । समूह बी मा तीनै खेलमा विजयी भएपनि निर्णायक खेलमा पराजित भएको थियो । त्यस्तै यू–१९ महिला विश्वकप भने २०२३ मा दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको छ । जसमा १६ टोलीको सहभागीता हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]