4 years ago
April 10, 2022
एजेन्सी – शिम्रन हेटमायरको सानदार ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २० औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । राजस्थानका शिम्रन हेटमायरले ३६ बलमा १ चौका र ६ छक्कासहित ५९ रनको सानदार अविजित इनिङ खेले । हेटमायरले ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । जुन लखनऊलाई ठूलो भारी पर्यो ।
स्पिनर कृष्णाप्पा गौथमको १४ औं ओभरको दोस्रो बलमा क्रुनाल पान्ड्याले हेटमायरको क्याच ब्यक्तिगत १४ रनमा लङअनमा सहज क्याच ड्रप गरेका थिए । एक समय ६७–४ को कठिन अवस्थामा पुगेको राजस्थानलाई अन्तिम समयमा हेटमायरले विष्फोटक ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका हुन् ।

ओपनर जस बटलर र कप्तान सन्जु स्यामसन १३–१३ रनमा आउट भए । देवदत्त पाडिक्कल २९ बलमा ४ चौकासहित २९ रनमा आउट भए । पाँचौं विकेटका लागि हेटमायर र रविचन्द्रन आश्विनले ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
आश्विन २३ बलमा २ छक्कासहित २८ रनमा आउट भए । रियान पराग ८ र रास्सी भान डर डुसेन ४ रनमा आउट भए । जेसन होल्डरले ४ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । आवेश खानको नाममा १ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]