default_image

3 years ago

April 11, 2022

अमेरिका सिधै टि२० विश्वकपमा छनोट

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका २०२४ मा हुने टि२० विश्वकप सिधै छनोट भएको छ । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएपछि आयोजकको रुपमा सिधै छनोट भएका हुन् । अमेरिकाले पहिलो पटक विश्वकपमा सहभागिता जनाउने निश्चित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ । २० टोली सहभागी हुने विश्वकपमा १२ टोलीले छनोट नखेली सिधैं स्थान बनाउने छन् । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् ।

अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा स्वतः छनोट भएका छन् । २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरीयता अनुसार त्यसपछिका शीर्ष २ टोली विश्वकपमा हुनेछन् । बाँकी ८ देश पाँच क्षेत्रको विभिन्न छनोट खेल्नु पर्नेछ । वरियता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।
नेपाल वर्तमान समयमा टि२० विश्वकपमा १२ औं स्थानमा छ ।

जसले गर्दा नेपालको सम्भावना उच्च देखिन्छ । यदि वेस्टइन्डिज यस वर्ष हुने टि२० विश्वकपमा शीर्ष ८ मा परेको खण्डमा वरियताको आधारमा तीन टोली २०२४ को विश्वकप खेल्नेछन् । एसिया क्षेत्र छनोटबाट दुई टोलीले स्थान बनाउने छन् । ८ मध्य अफ्रिका, युरोप र एसिया क्षेत्रको छनोटबाट दुई दुई देश विश्वकपमा पुग्नेछन् । अमेरिका र इएपि क्षेत्रबाट १–१ टोली आउने छन् ।

अमेरिकाले अहिले एसोसिएट स्तरमा उपल्लो स्तरको क्रिकेट खेलेको छ । आइसिसी विश्वकप लिग–२ खेलि राखेको छ । २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट प्रक्रिया एसोसिएटका नेदरल्यान्ड्स बाहेक अन्य शीर्ष ७ टोलीले प्रतिस्पर्धा गरि राखेका छन् । अमेरिकाले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि आइसिसी टि२० विश्वकप छनोट बी खेल्दै छ । जिम्बावेका आगमी जुलाई ११ देखि १७ सम्म टि२० विश्वकप छनोट बी प्रतियोगिता हुँदै छ ।

प्रतियोगितामा जिम्बावे, अमेरिका, जर्सी, नेदरल्यान्ड्स, हङकङ, सिंगापुर, युगान्डा र पपुवा न्युगिनी गरि ८ टोली छन् । फाइनल पुग्ने दुई टोली विश्वकपमा पुग्नेछन् । दुई महिना अघि ओमानमा सम्पन्न विश्वकप छनोट ए बाट युएई र आयरल्यान्ड छनोट भएका छन् ।

युएईले सेमिफाइनलमा नेपाल तथा आयरल्यान्डले ओमानलाई हराउँदै विश्वकपमा पुगेका थिए । नेपाल समूह बी का तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेपनि युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप अवसर गुमाएको थियो ।

नेपालले सिधै टि२० विश्वकप खेल्न पाउने उच्च सम्भावना

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

December 15, 2024

हेड र स्मिथको शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]

Success

Thank you for your time.